नवलपरासीमा वर्षाका कारण एक हजार बढी घर डुबानमा

नवलपरासी । अविरल वर्षाका कारण पश्चिम नवलपरासीका पाल्हीनन्दन र सरावल गाउँपालिकाका ६ ओटा वडा डुबानमा परेका छन् ।सरावलको वडा नम्बर-४ र ७ र पाल्हीनन्दनको १ र ६ नम्बर वडा पूर्णरुपमा डुबानमा परेका हुन् । दुई गाउँपालिकामा करिब एक हजार बढी घर डुबानमा छन् । सरावलको बुडन्तपुरमा मात्र २०० घर डुबानमा परेका छन् । करिब १०० […]

अब नेपालसहित ५९ देशका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानून ल्याउँदै अमेरिका

अमेरिका । अबदेखि नेपाललगायत ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिनेगरि कानुन ल्याउने प्रस्ताव तयार पारेको छ । अमेरिकास्थित होमल्यान्ड सेक्युरिटी विभागले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवधिको संरचनालाई परिवर्तन गरेर भिसा अवधी घटाउन प्रस्ताव तयार पारेको हो । विभागले एफ, जे र आइ प्रकारको गैरआवासीय भिसा भएका विद्यार्थीलाई यस्तो कानुन ल्याउने प्रस्ताव […]

दाङको भालुवाङमा अध्यक्ष केसी र २ पत्रकार सहित ५१ जनाले गरे रक्तदान

दाङ । देउखुरीको भालुवाङमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भालुवाङमा रहेको आशाका किरणहरु नामक संस्था र नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाको संयुक्त आयोजना एवम् होटल पौवाको सहआयोजनामा राप्ती गाउँपालिका १ भालुवाङ पुलचोक स्थित ग्रिनपार्कमा शनिवार खुल्ला रक्तदान कार्यक्रम भएको हो । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ भएको रक्तदान कार्यक्रममा आशाका किरणहरु […]

कपिलवस्तुमा उपचारको क्रम वडाध्यक्षको निधन

कपिलवस्तु। कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको शनिबार निधन भएको छ । उनी तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । दीर्घरोगबाट ग्रसित उनको उपचारको क्रममा आज बिहान निधन भएको परिवारले जनाएका छन् । वडाध्यक्षको निधनप्रति नगरप्रमुख केशवकुमार श्रेष्ठले श्रद्धाञ्जलि व्यक्त गरेका गर्नु भएको छ । यस अघि गत भदौ […]

बर्दियामा कोरोनाद्वारा एक क्याम्पस प्रमुखको मृत्यु

बर्दिया । बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय उनको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । शनिबार श्वासप्रश्वासमा समस्या भएपछि उपचारार्थ नेपालगञ्जस्थित भेरी अस्पताल लैजाने क्रममा उनको निधन भएको भेरी अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रमोद धितालले जानकारी दिनु भयो […]

दाङ-देउखुरीको लमहीमा थप ११ जनामा काेराेना पुष्टि

दाङ । देउखुरीको लमहीमा आज शनिवार ११ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा लमहीको नेत्रलाल स्मृति भवनको क्वारेन्टिनमा बसेका ६ जना र लमही नगरपालिका वडा नम्बर ७ स्थित सम्राट सिमेन्ट कम्पनीका ५ जना कामदार रहेको लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले बताउनु भएको छ । संक्रमित हुनेमा लमही नगरपालिका वडा नम्बर […]

कपिलवस्तुमा पहिरोले घर पुरिदा एकै परिवारका बाह्रजना सदस्य विस्थापित

कपिलवस्तु । कपिलबस्तुको सितगंगा नगरपालिका वडा नम्बर दश उपल्लो धानखोलामा पहिरोले घर पुरिदा एकै घरपरिवारका बाह्रजना सदस्य विस्थापित भएका छन् । लगातार वर्षाका कारण बिहिवार विहान ८ बजे घर माथिबाट एक्कासि पहिरो भर्दा सितगंगा नगरपालिका वडा नम्बर दश अर्घाखाँची निवासी देवकला रावतका बाह्रजना घर परिवार विस्थापित भएका हुन् । ‘खाना खाएर सबै परिवार सुत्न आ–आफ्नो […]

दाङमा गएराती पाँच किलो अफिम सहित दुईजना पक्राउ

दाङ । दाङमा पाँच किलो लागुऔषध अफिम सहित दुईजना पक्राउ परेका छन् ।लागुऔषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा प्रहरीले गएराती तुलसीपुरबाट रोल्पाका कर्मबहादुर बुढा र राजकुमारी बुढालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ गुम्रहा चोक नजिकैबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख गणेश चन्दले […]

पाल्पामा पहिरोको कारण बेपत्तामध्य ४ जनाको शव भेटियो 

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता भएका ६ मध्ये ४ जनाको शव भेटिएको छ । बिहीबार एकजना र शुक्रबार बिहान तीनजना गरी चारजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन गिरीले जानकारी दिनु भयो । पहिरोमा पुरिएर हराइरहेका ६३ वर्षीय हुमबहादुर गाहा र उनकी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]