
Rsb
Csb
Ksb
Usb
Tgp
Ssb
Ssb
Nsb
Rks
Ksb
Gsb
Bsn
Ppu
Ksb

Gsb
Hl1
Tsb
Usb
Ssb

Nps
ptl
Rgu
नवलपरासी । अविरल वर्षाका कारण पश्चिम नवलपरासीका पाल्हीनन्दन र सरावल गाउँपालिकाका ६ ओटा वडा डुबानमा परेका छन् ।
सरावलको वडा नम्बर-४ र ७ र पाल्हीनन्दनको १ र ६ नम्बर वडा पूर्णरुपमा डुबानमा परेका हुन् ।
दुई गाउँपालिकामा करिब एक हजार बढी घर डुबानमा छन् ।
सरावलको बुडन्तपुरमा मात्र २०० घर डुबानमा परेका छन् । करिब १०० बढी घर-परिवार विस्थापित भएका छन् । उनीहरुलाई टेन्ट टाँगेर राखिएको र राहत वितरण भइरहेको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनु भयो ।
तीन दिनदेखि परेको वर्षा रोकिएपनि गाउँमा पसेको बाढी सुक्न अझै केही दिन लाग्ने भएपछि स्थानीयहरु सरसामान र पशुचौपाय बोकेर छिमेकी गाउँमा आश्रयको खोजीमा समेत लागेका छन् ।
