Sidha Patra शनिबार, आश्विन १०, २०७७

दाङ । दाङमा पाँच किलो लागुऔषध अफिम सहित दुईजना पक्राउ परेका छन् ।लागुऔषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा प्रहरीले गएराती तुलसीपुरबाट रोल्पाका कर्मबहादुर बुढा र राजकुमारी बुढालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ गुम्रहा चोक नजिकैबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिनु भयो । उनीहरु दुवैजना तुलसीपुर ६ मा डेरागरी बस्दै आएका थिए । पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्णे घर्ती
निर्देशक:भानु जोशी
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बाददाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रबण बस्नेत

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]