
Ppu
gms
smb
Sys
jms
Gsbus
Ssbus

bmj
Ln3
Hl1
Ln8
Ln2
bml
Ssb
kbs
Sbs
Rys
Gg5
Gsb
Ln1
Ln9
Asm
Gg1
Dps
Ln7
cks
Usb

Jab
Gg3
Snk
Gg2
ptl
Nps
Sbs
Sab
Jpb
Rss
Sml
Bpb
Gg4
Gg6
Gjl
Rgu
Ksb
दाङ । देउखुरीको लमहीमा आज शनिवार ११ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा लमहीको नेत्रलाल स्मृति भवनको क्वारेन्टिनमा बसेका ६ जना र लमही नगरपालिका वडा नम्बर ७ स्थित सम्राट सिमेन्ट कम्पनीका ५ जना कामदार रहेको लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले बताउनु भएको छ ।
संक्रमित हुनेमा लमही नगरपालिका वडा नम्बर १ का एक जना पुरुष, वडा नम्बर ३ का एक जना महिला र दुई जना पुरुष, वडा नम्बर ६ का दुई जना महिला रहेका छन । ६ दिन अघि भारत बाट सम्राट सिमेन्ट कम्पनीमा काम गर्न आएका भारतीय कामदारमा कोरोना पुष्टि भएको हो ।
त्यस्तै नेत्रलाल स्मृति प्रतिष्ठानमा बसेकाहरु पनि केहि दिन अघि कामको सिलसिलामा भारत गएर फर्किएका हुन । कोरोना संक्रमित हुनेहरु दुई वर्ष देखि लिएर पचास वर्षका रहेको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिनु भयो । अहिले सम्म लमही नगरपालिकामा ६७ जनामा कोरोना पुष्टि भएको छ भने ३८ जना निको भएर घर फर्की सकेका छन । सक्रिय संक्रमितको संख्या २९ जना रहेको छ । भारतबाट काम गरि फर्कीएकाहरु सुनडबरी सम्म गाडी रिजर्भ गरेर आएका थिए भने त्यहाँबाट लमही आउदा अन्य गाडी प्रयोग गरेर आएको खुल्न आएको छ ।
