टेकबहादुर पुन सोमबार, आश्विन १२, २०७७

दाङ । मापद्वण्ड पालना नगरी कोचाकोच यात्रु बोक्ने सवारी साधनलाई लमही प्रहरीले कारबाही गर्न थालेको छ ।देउखुरी उद्योग बाणिज्य संघको नेतृत्वमा वडा प्रहरी कार्यालय,ट्राफिक प्रहरी लमही र स्थानियको सहयोगमा जनचेतना जँगाउदै अनुगमन थालिएको हो । मापद्वण्ड पालना नगरी अत्यधिक यात्रु बोकेको भन्दै आईतबार दर्जन बढी सवारी साधानलाई कारबाही गरिएको ट्राफिक प्रहरी लमहीका ईन्चार्ज सुदिप हमालले बताए ।

स्वास्थ्यको ख्याल नै नगरी गाडीमा यसरी कोचाकोच यात्रु सवार गर्नुमा सर्बसाधारण पनि उत्तिकै दोषी रहेको हमालले बताए । “हामीले गाडी रोक्दै अनुगमन गर्यौ, अधिकांस गाडीमा सिट भन्दा बढी यात्रु देखिए ईन्चार्ज हमालले भने-सुबिधा बिहिन भाडा असुलेको पाईयो ।”
स्वास्थ्यलाई ख्याल नगरी पैशा नै कमाउने नियतले मापद्वण्ड बिपरित सवारीका साधान चलाउने गरेको हुन सक्ने हमालले आरोप लगाए ।

लमहीबाट घोराही,रिहार,राजपुर,गढवा, भालुबाङको रुटमा चल्ने छोटो दुरीका गाडीले कोचाकोच यात्रु बोक्दा कोरोना भाईरसको खतरा बढेको एक यात्रुले बताए । लामो दुरीका सवारी साधानलमा भने यात्रुकै अभाबले मापद्वण्ड पालना गरेको पाईएको छ । यात्रुको स्वास्थ्यलाई मध्यनजर गरि सरकारले यातायात ब्यबसायीलाई पचास प्रतिसत बढी भाडा लिने अनुमती दिएको छ । मापद्वण्ड पालना गर्दै यात्रुको सामाजिक दुरी कायम गर्नका लागि बढि भाडा लिने भनिएको हो । तर, यातायात ब्यबसायीले यात्रुको मर्का नबुझी खचाखच यात्रु बोक्दै बढी भाडा असुल्ने गरेको पाईएको हो ।

यातायात ब्यबसायीलाई बारम्बार सम्झाएपनी अटेरी गर्ने गरेको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठ प्राय टोली सहित अनुगमनमा निस्कन्छन् । हरेक समयमा यातायात ब्यबसायीले मनोमानी गरेको उनको बुझाई छ । सरकारले गाडीमा स्यानिटाईजर, मास्क सहित समाजिक दुरी कायम गर्दै यात्रा गर्नुपर्ने मापद्वण्ड लिएको छ । तर, छोटा दुरीका सवारी साधानले मापद्वण्डको धज्जी उडाउँदै यात्रु बोक्ने गरेको पाईएको हो ।

सिँगल सिटमा बस्छु भन्दापनी सवारी स्टापले जवरजस्ती यात्रु भर्ने गरेको एक यात्रुले भनिन् । राजपुरबाट आउँदा एक्लै बस्छु भन्दा स्टापले मान्नु भएन,म सँगै अर्को एकजना बस्नुभयो उनले भनिन् यसरी त महामारी फइलिन सक्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]