
ksbus
Sdc
Amb


दाङ । देउखुरीको भालुवाङमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भालुवाङमा रहेको आशाका किरणहरु नामक संस्था र नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाको संयुक्त आयोजना एवम् होटल पौवाको सहआयोजनामा राप्ती गाउँपालिका १ भालुवाङ पुलचोक स्थित ग्रिनपार्कमा शनिवार खुल्ला रक्तदान कार्यक्रम भएको हो ।
रक्तदान जिवन दान भन्ने मुल नाराका साथ भएको रक्तदान कार्यक्रममा आशाका किरणहरु नामक संस्थाका अध्यक्ष सुर्यकिरण केसी, पत्रकारहरु कमल गिरी, जमिर शाहा सहित ९ महिला र ४२ जना पुरुषले रक्तदान गरेका थिए ।
संस्थाका अध्यक्ष सुर्यकिरण केसीको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र दाङका प्रमुख दिलिप न्यौपानेको प्रमुख आतिथ्यतामा भएको रक्तदान उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटिया उपसभापती मेनुका शर्मा,पत्रकार जमिर शाहा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष अशोक बेल्वासेले गर्नु भएको थियो ।
