
Sdc
Amb
ksbus
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मंगलबार सम्पन्न कार्यक्रममा समुदायस्तरमा देखापर्ने सरुवा तथा नसर्ने रोगहरूको समयमै पहिचान, सूचना संकलन तथा सम्बन्धित निकायमा प्रतिवेदन गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्य आयोजना गरिएको हाे । अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पोषणराज […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले कुपोषित बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले पोषण सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन गर्दै सहभागी बालबालिकाका लागि अण्डा वितरण गरेको छ । आइतबार गढवा गाउँपालिकाको आयोजनामा गढवा स्वास्थ्य चौकीको तथ्याङ्क अनुसार कुपोषित बालबालिका तथा उनीहरूका अभिभावकको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बालबालिकाको सन्तुलित आहार, सरसफाइ,नियमित स्वास्थ्य परीक्षण तथा पोषणयुक्त […]
रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक कक्षमा ‘ट्र्याज प्रणाली’ लागू गरेको छ । यस प्रणालीले गम्भीर प्रकृतिका बिरामीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउने उद्देश्य राखेको अस्पताल प्रशासनले जनाएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विष्णुप्रसाद गौतमका अनुसार हाल अस्पतालमा दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म सेवाग्राही उपचार तथा स्वास्थ्य […]
दाङ । लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा तुलसीपुरमा विद्यार्थी लक्षित लागू औषधविरुद्ध सचेतनामूलक सम्बन्धि कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । “लागू औषध चुनौती चिनौँ, सामाजिक बाटो खोजौँ” भन्ने नारासहित तुलसीपुर बहुप्राविधिक शिक्षालयको आयोजना तथा तुलसीपुर–१९ स्थित नयाँ पाइला पुनर्स्थापना केन्द्रको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यार्थीलाई लागू औषधको दुरुपयोगका […]
दाङ । बाह्रौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा दाङको लमहीमा विशेष योग कार्यक्रम सम्पन्न भएको छ । पतञ्जली योग नगर समिति लमहीको आयोजनामा सम्पन्न कार्यक्रममा योग साधक, स्वास्थ्यप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले योगले मानिसलाई शारीरिक, मानसिक तथा आध्यात्मिक रुपमा स्वस्थ राख्न महत्वपूर्ण भूमिका […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ लाई सफा,स्वच्छ र प्लास्टिकमुक्त वडा बनाउने उद्देश्यसहित टोल–टोलमा सरसफाइ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । सोही अभियान अन्तर्गत वडा नं. ३ को ६५ नं., बसन्तपुर, खुरूरीया, मसुरिया ठुलो गल्ली, प्रगतिनगर टोल र सिरिचाैर मसुरियामा सरसफाइ सम्बन्धी जनचेतनामूलक भिडियो प्रदर्शनी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । […]
दाङ । देउखुरीको गढवा गाउँपालिकामा मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित EpiC (Meeting Targets and Maintaining Epidemic Control in Nepal) परियोजना सञ्चालन हुने भएको छ । परियोजनाको पालिका स्तरीय प्रारम्भिक परिचयात्मक बैठक सोमबार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो । अमेरिकी सरकारको आर्थिक सहयोग तथा गढवा गाउँपालिकाको समन्वयमा सञ्चालन हुन लागेको […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले लागुऔषध, ट्राफिक तथा साइबर क्राइम सम्बन्धि विद्यालय सचेतना अभियानलाई जारी राखेको छ । मञ्चले शुक्रबार राप्ती गाउँपालिका-५ सिसहनियाँ स्थित सर्वोदय माविमा कार्यक्रम गरेको छ । मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो । विद्यार्थीहरुलाई बाल्यकालमै लागुऔषधको दुष्प्रभाव, सुरक्षित अनलाइन प्रयोग र ट्राफिक नियमको पालनबारे […]
दाङ । सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्षेत्रमा निरन्तर सेवामूलक कार्य गर्दै आएको संजीवनी टिचिङ हस्पिटल,घोराही दाङको प्राविधिक सहयोग तथा गढवा गाउँपालिकाको संयुक्त आयोजनामा यहीँ जेठ ३० गते गढवा गाउँपालिका–३ स्थित श्री आदर्श रात्रि आधारभूत विद्यालयमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । ग्रामीण तथा विपन्न समुदायलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने […]