
Amb
dpm
pvg
Dpm
Snmbs
Dbc
rgs
snmbs
Sdc
Snmbs
Gesld
Mbf
Ges
sjnsplk
Pbu


दाङ । देउखुरीको राप्ती गाउँपालिकाले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मंगलबार सम्पन्न कार्यक्रममा समुदायस्तरमा देखापर्ने सरुवा तथा नसर्ने रोगहरूको समयमै पहिचान, सूचना संकलन तथा सम्बन्धित निकायमा प्रतिवेदन गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्य आयोजना गरिएको हाे ।
अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पोषणराज शर्माले समुदायमा देखिने विभिन्न रोगका लक्षणहरूको पहिचान,शंकास्पद बिरामीको विवरण संकलन,स्वास्थ्य संस्थामा समयमै जानकारी प्रवाह गर्ने प्रक्रिया तथा रोग नियन्त्रण र रोकथामका उपायबारे सहजीकरण गरेका थिए । उनले महामारी तथा प्रकोपजन्य रोगहरूको प्रारम्भिक सूचना व्यवस्थापनमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले समुदायमा रोगको प्रारम्भिक अवस्था पहिचान गरी सम्बन्धित निकायसम्म सूचना पुर्याउने कार्यमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदान उल्लेखनीय रहेको बताइन् । उनले जनस्वास्थ्य सुरक्षालाई थप सुदृढ बनाउन रोग निगरानी प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्दै प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरिन् ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक,स्वास्थ्य शाखाका भारती सन्यासी,लालमटिया स्वास्थ्य चौकी प्रमुख कृष्णप्रसाद श्रेष्ठ लगायत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो।
राप्ती गाउँपालिकाले समुदायमा आधारित रोग निगरानी प्रणालीलाई प्रभावकारी बनाउँदै जनस्वास्थ्य सुरक्षालाई थप मजबुत बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
