
Srbpu
Pes
Sgr
Lnp
Pbu
Gfs
Rgp1
Rgp
pku
cjs
Djs
Ses
Unsku
Ggp
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले सरुवा भई आएकी नयाँ कर्मचारी दिपा पोख्रेललाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ। पाल्पाको रम्भा गाउँपालिकाबाट सरुवा भई आएकी प्रशासन सहायक पोख्रेललाई गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी,प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक लगायतले टीका तथा पुष्पगुच्छा अर्पण गर्दै स्वागत गरेका थिए। कार्यक्रममा अध्यक्ष विष्टले नयाँ कर्मचारीको आगमनले […]
दाङ । गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराहीको २८ औँ वार्षिक उत्सव कार्यक्रम भव्य रुपमा बिहीबार सम्पन्न भएको छ । गोरखा ग्रुप दाङका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद घर्तीमगरको अध्यक्षता तथा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले शिक्षाले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख […]
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीको छपाइ कार्य सुरु गरेको छ । आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्तले शुक्रबार आयोग परिसरमा छपाइ कार्यको सुरुवात गरेका हुन् । त्यस्तै प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । निर्वाचनका लागि दलहरुले समानुपातिक तर्फको बन्दसूची पेश गरिसकेका छन् । यस्तै आयोगले अन्य कामहरु तीव्र रुपमा अघि बढाइएको बताएको छ […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आफ्नो आठौं गाउँसभाको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरि संचालन गरेको छ । राजपुर गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको सहकार्यमा पहिलोपटक संचालन गरिएको रक्तदान कार्यक्रमको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी र उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।कार्यक्रममा […]
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जबसम्म लगानीको वातावरण बन्दैन, तबसम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्ने स्पष्ट गरेका छन् । लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएकाले यसलाई सरल,सहज र विश्वासयोग्य बनाउनुपर्ने उनको भनाइ छ । राष्ट्रिय औद्योगिक प्रदर्शनी,कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को बुटवलमा समापन गर्दै मुख्यमन्त्री आचार्यले लगानीको वातावरण मिलाउन नसकिए […]
काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी […]
दाङ । गढवा गाउँपालिकाको उदाहरणीय काम,योजनाको सम्झौता गर्न पालिकाको सम्झौता टिम आज गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा वडा कार्यालयमा पुगेर सेवा प्रदान गरेको छ। योजना सम्झौता गर्न सिंगो सम्झौता टिम वडा कार्यालयमा पुगेर सेवा दिदा आफुहरुलाई सहज भएकों धानखोला खेलमैदान व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष यज्ञ वहादुर वलीले बताए । एउटा सम्झौता गर्न हामी एक […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित गोरखा माध्यमिक विद्यालयको १५ औं खेलकुद सप्ताहको बुधबार समापन गरिएको छ ।गोरखा ग्रुपका अध्यक्ष बिष्णुप्रसाद घर्ती मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्त्री पाण्डेयले खेल क्षेत्र स्वास्थ्यकालागि मात्रै नभई पहिचान बनाउनकालागि समेत महत्वपूर्ण भूमिका रहेको बताए ।त्यस्तै […]
भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रुपमा सञ्चालन गर्न विदेशी राष्ट्रहरुसँग कूटनीतिक सम्बन्धका आधारमा वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं वार्षिकोत्सव समारोहलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय हवाई उडान नियमित गर्न विश्व समुदायको विश्वास आर्जन गर्न कूटनीतिक पहल अपरिहार्य रहेको बताएका हुन् । […]