
Rgp1
cjs
Ggp
Pes
Unsku
Gfs
Srbpu
Lnp
Sgr
Pbu
Rgp
Djs
pku
Ses

Vor
Rgs
Gst
Ksm
Pvg
Tsm
Hal
Ssm
Asm
Ggd
Rgu
Rgu
Bbu
Sbs
Rsb
Sls
Wsp
nsb
Bbbpu

bbt
Abd
Rmb
Rpp
Ptm
Pls
Jmb
Jmb
sab
Mks
Syp
Bml
Gsb
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले सरुवा भई आएकी नयाँ कर्मचारी दिपा पोख्रेललाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ।
पाल्पाको रम्भा गाउँपालिकाबाट सरुवा भई आएकी प्रशासन सहायक पोख्रेललाई गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी,प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक लगायतले टीका तथा पुष्पगुच्छा अर्पण गर्दै स्वागत गरेका थिए।
कार्यक्रममा अध्यक्ष विष्टले नयाँ कर्मचारीको आगमनले सेवाप्रवाहलाई अझ सुदृढ र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै,पालिकाको समग्र विकासका लागि कर्मचारी,जनप्रतिनिधि र नागरिकबीचको सहकार्य अपरिहार्य हुनेमा जोड दिए । उपाध्यक्ष चौधरीले कर्मचारीहरुको प्रतिबद्धता र निष्ठापूर्ण सेवाबाट पालिकाले लिएका लक्ष्य पूरा हुने आशा व्यक्त गरे ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत पाठकले सरुवा भएर आएका कर्मचारीको अनुभव,दक्षता र कार्यशैलीले संस्थागत क्षमतामा वृद्धि गर्ने उल्लेख गर्दै,गाउँपालिका अझ नागरिकमैत्री र सक्षम संस्थाका रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
पोख्रेललाई आजकै मितिदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्म गाउँपालिकाको महिला बालबालिका तथा समाज कल्याण ईकाईमा कामकाज गर्ने जिम्मेवारी तोकिएको छ ।
