तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका शुक्रबार, पुष १८, २०८२

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले सरुवा भई आएकी नयाँ कर्मचारी दिपा पोख्रेललाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ।

पाल्पाको रम्भा गाउँपालिकाबाट सरुवा भई आएकी प्रशासन सहायक पोख्रेललाई गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी,प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक लगायतले टीका तथा पुष्पगुच्छा अर्पण गर्दै स्वागत गरेका थिए।

कार्यक्रममा अध्यक्ष विष्टले नयाँ कर्मचारीको आगमनले सेवाप्रवाहलाई अझ सुदृढ र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै,पालिकाको समग्र विकासका लागि कर्मचारी,जनप्रतिनिधि र नागरिकबीचको सहकार्य अपरिहार्य हुनेमा जोड दिए । उपाध्यक्ष चौधरीले कर्मचारीहरुको प्रतिबद्धता र निष्ठापूर्ण सेवाबाट पालिकाले लिएका लक्ष्य पूरा हुने आशा व्यक्त गरे ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत पाठकले सरुवा भएर आएका कर्मचारीको अनुभव,दक्षता र कार्यशैलीले संस्थागत क्षमतामा वृद्धि गर्ने उल्लेख गर्दै,गाउँपालिका अझ नागरिकमैत्री र सक्षम संस्थाका रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

पोख्रेललाई आजकै मितिदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्म गाउँपालिकाको महिला बालबालिका तथा समाज कल्याण ईकाईमा कामकाज गर्ने जिम्मेवारी तोकिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]