
Rgp
Sgr
Ggp
Srbpu
cjs
pku
Djs
Gfs
Unsku
Pes
Ses
Rgp1
Lnp
Pbu

Asm
Rgu
Ggd
Wsp
Bbu
Sbs
Ssm
Pvg
Hal
Gst
Sls
Tsm
nsb
Rsb
Rgu
Bbbpu
Rgs
Ksm
Vor

Jmb
Ptm
Mks
Pls
Jmb
Gsb
Rmb
Abd
bbt
Syp
sab
Rpp
Bml
भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रुपमा सञ्चालन गर्न विदेशी राष्ट्रहरुसँग कूटनीतिक सम्बन्धका आधारमा वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं वार्षिकोत्सव समारोहलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय हवाई उडान नियमित गर्न विश्व समुदायको विश्वास आर्जन गर्न कूटनीतिक पहल अपरिहार्य रहेको बताएका हुन् ।
संघीय सरकारले विमानस्थल सुचारु गर्न अविलम्ब ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले प्रदेश सरकार साझेदारी गर्न पूर्ण रुपमा तयार रहेको स्पष्ट पारे । तर, प्रदेश सरकारले अघि सारेका प्रस्तावहरुमा संघीय सरकारले हालसम्म कुनै निर्णय नगरेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे ।‘आज म यही मञ्चबाट संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, लुम्बिनी प्रदेशमा जुन लक्ष्य र उद्देश्य राखेर अन्तर्राष्ट्रिय विमानस्थल बनाईयो यसलाई नियमित सुचारु गर्नको निम्ति प्रदेश सरकारको तर्फबाट जोडदार रुपमा आवाज उठाउन चाहन्छु’उनले भने,‘ किन की आज यही कारणले भोली हाम्रा व्यवसायी धरासायी हुनुहुदैन । त्यस मानेमा पनि अन्तर्राष्ट्रिय कुनैतिक सम्वन्ध अगाडी बढाएर,विश्वास आर्जन गरेर यो विमानस्थल सुचारु गर्न जरुरी छ,गरिनुपर्छ । त्यसको निम्ति प्रदेश सरकारबाट के कती जिम्मेवारी लिनुपर्ने हो हामी तयार छौं ।
मुख्यमन्त्री आचार्यले परिणाममुखी ढंगले काम गर्न प्रदेश सरकार तयार रहेको बताउँदै व्यवसायीहरुका समस्या समाधानका लागि पटक पटक वार्ता भए पनि ठोस समाधान हुन नसकेको उल्लेख गरे । उनले संघीय सरकार र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराउँदै लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा राखिएको लक्ष्य र उद्देश्यअनुसार तत्काल नियमित सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरे ।
विमानस्थल नचल्दा स्थानीय व्यवसायी धरासायी हुने अवस्था आउन नदिन अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तार गरी विश्वास निर्माण गर्नुपर्ने उनको भनाइ थियो । आवश्यक परे प्रदेश सरकारले जिम्मेवारी लिन तयार रहेको भन्दै श्रम स्वीकृति दिने कार्यालय यही स्थापना गर्न,स्वास्थ्य जाँच प्रदेश सरकारले गर्ने समेत प्रस्ताव राखेको स्मरण गरे । तर, संघीय सरकारले यस सम्वन्धि अधिकार नदिँदा ती काम अघि बढ्न नसकेको उनले बताए ।
मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय स्तरका ट्राभल एजेन्सीहरुलाई भैरहवा ल्याउन,प्रभावकारी अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्न र जहाज खाली नभई यात्रु भरिएर आउन सक्ने वातावरण बनाउन जोड दिए । गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग विमानस्थललाई जोडेर विश्वभर सन्देश पुर्याउँदै पर्यटक आकर्षित गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।
