
Pbu
Ggp
Rgp1
pku
Srbpu
Djs
Sgr
cjs
Lnp
Pes
Rgp
Ses
Gfs
Unsku

nsb
Rgu
Ssm
Bbu
Sls
Rgu
Ggd
Tsm
Bbbpu
Sbs
Rgs
Hal
Vor
Ksm
Asm
Pvg
Rsb
Gst
Wsp

Rpp
bbt
Syp
Mks
Rmb
Gsb
Jmb
Abd
Pls
Bml
Jmb
sab
Ptm
दाङ । नेपाल मगर संघ घोराही नगर समितिले “दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला २०८२” संचालन गर्ने भएको छ ।
शुक्रवार घोराहीमा पत्रकार सम्मेलन गर्दै संघले पुस २५ देखि माघ १० गतेसम्म घोराहीको ट्राफिक चोक नजिक दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला गर्ने घोषणा गरेको हो ।
नेपाल बहुजातिय,बहुभाषिक,बहुधार्मिक एवम् बहुसांस्कृतिक विविधताले सजिएको देश भएको उल्लेख गर्दै मगर समुदायको संस्कृतिको रक्षा र विकासका लागि सांस्कृतिक महोत्सव गर्न लागिएको संघका अध्यक्ष बेद बहादुर बुढा मगरले बताए ।
महोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्न संघका अध्यक्ष मगरको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ । यस्तै विभिन्न ९ वटा उप-समितिहरु गठन गरेर परिचलान गरिएको मुल आयोजक समितिका संयोजक मगरले जानकारी दिए । उनका अनुसार संघका उपाध्यक्ष गणेश प्रताप पुन मगरको संयोजकत्वमा झाँक्री व्यवस्थापन समिति गठन गरिएको छ ।
त्यस्तै उपाध्यक्ष तेजु खामपुन मगरको संयोजकत्वमा स्थल व्यवस्थापन उप-समिति,सचिव गोपाल सिंह बुढामगरको संयोजकत्वमा कलाकार तथा सांस्कृतिक उप-समिति, सचिवालय सदस्य बिमला पुन मगरको संयोजकत्वमा पार्किङ व्यवस्थापन उप-समितिसचिवालय सदस्य मोहनपुन मगरको संयोजकत्वमा प्रचारप्रसार उप-समिति,सचिवालय सदस्य निरु थापा मगरको संयोजकत्वमा सुरक्षा तथा स्वयंसेवक व्यवस्थापन उप-समिति गठन गरिएको हो । यस्तै संघका उपाध्यक्ष विन्दुरोका मगरको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको छ ।
मेलामा जातिगत भेषभुषाका स्टल तथा खानाका परिकारका स्टल बाल उद्यान लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोज समितिले जनाएको छ । यस्तै कोषाध्यक्ष सुनकुमारी घर्ती मगरको संयोजकत्वमा स्थल व्यवस्थापन उपसमिति र सचिवालय सदस्य जीवन घर्ती मगरको संयोजकत्वमा आर्थिक र व्यवस्थापन उपसमिति गठन गरिएको हो ।
त्यस्तै“मगर तथा विभिन्न जातजातिको भेषभूषा संरक्षण, कला संस्कार संस्कृति तथा खाना प्रदर्शन प्रवर्धन” भन्ने मुल नाराका साथ आयोजना हुने महोत्सवमा जातिगत भेषभुषाका स्टल तथा खानाका परिकारका स्टल बाल उद्यान लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।
यसैगरी महोत्सवमा डान्स आइडल,टिकटक प्रतियोगिता, दोहोरी प्रतियोगिता संचालन हुने छन् । महोत्सवको संरक्षकमा स्थानिय सरकार घोराही उपमहानगरपालिका रहेको छ ।खोजरफ्तार
