Sidha Patra बिहिबार, पुष १७, २०८२

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित गोरखा माध्यमिक विद्यालयको १५ औं खेलकुद सप्ताहको बुधबार समापन गरिएको छ ।गोरखा ग्रुपका अध्यक्ष बिष्णुप्रसाद घर्ती मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्त्री पाण्डेयले खेल क्षेत्र स्वास्थ्यकालागि मात्रै नभई पहिचान बनाउनकालागि समेत महत्वपूर्ण भूमिका रहेको बताए ।त्यस्तै उनले खेललाई समृद्धिसंग पनि जोड्नु पर्ने बताए । विद्यालय स्तरमा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने समेत उनको भनाई थियो ।

विद्यालयका प्रधानाध्यापक बिजयमान जीएमले स्वागत मन्तब्य ब्यक्त गर्दै खेलले विद्यार्थीलाई हरेक चुनौतिसंग जुध्न सहयोग पुग्ने बताए । उनले खेलले हारलाई सहजै स्वीकार गर्न सक्नुकासाथै जीवनका हरेक परिस्थितिको सामना गर्न पनि सक्ने क्षमताको विकास गर्न भूमिका खेल्ने बताए । साथै उनले विद्यालयबाट राष्ट्रिय स्तरकै खेलाडी उत्पादन गर्न भूमिका खेलेको समेत बताए ।विद्यालयमा भएको क्रिकेट प्रतियोगिता,फुटबल प्रतियोगिता, भलिबल प्रतियोगिता,मिनी म्याराथुन दौड,लङजम्प,हाइजम्प, एथ्लेटिक्स लगायतका खेलको समापन गर्नुकासाथै पुरस्कार वितरण गरिएको हो । विद्यालयले प्रतियोगितामा बिजयी खेलाडीलाई शिल्ड,मेडल र प्रमाणपत्र समेत वितरण गरेको छ ।त्यस्तै सप्ताह खेलकुदमा पहिलो,दोस्रो,तेस्रो हुने टिमको नाम संस्थापक अध्यक्ष मानबहादुर बुढाले गरेका थिए ।कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सुधान्सु गुप्ताले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]