ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

दाङ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान साढे ११ बजेतिर तुलसीपुर-घोराही सडक खण्ड अन्तरगत घोराहीबाट-तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका ११ स्थित खैरा चोकमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव […]

रविका ड्राइभर भेन्टिलेटरमा,अनुसन्धान हुँदै,कोठामा भेटिए रक्सीका बोतल,रगत परीक्षण हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापाको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। सोमबार विहान ४ बजेतिर भरतपुर-११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको छ। चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ। ‘माथिबाट खस्दा घाँटी गमलामा […]

लुम्बिनी प्रदेश सरकारद्वारा विभिन्न अस्पतालमा पदाधिकारी तथा सदस्य नियुक्त

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न अस्पतालमा पदाधिकारी तथा सदस्य नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा अजयमान श्रेष्ठलाई नियुक्त गरेको छ। त्यस्तैतत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले अध्यक्षमा नियुक्त गरेका सूर्यबहादुर भट्टराईलाई कुलप्रसाद केसी नेतृत्वको सरकारले हटाएपछि लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्ष पद रिक्त रहेको थियो । मन्त्रिपरिषद् बैठकले श्रेष्ठसँगै […]

लगनशिल भई काम कारवाही गर्न दाङ ट्राफिक प्रहरी प्रमुख मल्लको निर्देशन

दाङ । लगनशिल भई काम कारवाही गर्न दाङ जिल्लाका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले निर्देशन दिएका छन् । आइतबार घोराही जिल्ला ट्राफिक प्रहरी कार्यलाय घोराही दाङमा कार्यरत सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीहरूको व्यक्तिगत टर्नआउट,कार्यालय तथा कार्यालय कम्पाउण्डको निरीक्षण गर्दै प्रहरी निरीक्षक मल्लले उक्त निर्देशन दिएका हुन् ।यसैगरी सो निरीक्षण कार्यमा उपस्थित सम्पूर्ण जिल्ला […]

जन्म दिनको अवसरमा बेल्वासेद्वारा बेसाहराहरुलाई खाद्यान्न तथा फलफूल वितरण

दाङ । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटी पछिल्लो युवा पिडीहरुमा व्यापक पाईन्छ । तर राप्ती गाउँपालिका वडा नम्बर एक पाखापानी निवासी अशाेक बेल्वासेले भने फरक तरिकाले आफ्नो जन्म दिन मनाउनु भएको छ। बेल्वासेले आफ्नो ३० औं जन्म दिनको अवसरमा आईतवार पालिकाकाे वडा नम्बर आठ पिपरीमा रहेको निलसागर सेवा आश्रमका २६ जना […]

कमल स्मृती प्रतिष्ठान भवनको शिलान्यास

दाङ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय कार्यकारी अध्यक्ष रशमीराज नेपालीले कमल स्मृती भवनको शिलान्यास आज एक भव्य समारोहको बीच लमही नगरपालिका वार्ड नं ५ रातोडाँडामा गर्नू भएको छ ।लुम्विनी प्रदेश सरकारकाे यस चालू आर्थिक वर्ष ०७९/८० मा रु पन्ध्र लाखको लागतमा निर्माण हुने कमल स्मृति भवन निर्माण स्थलको जग्गा लमही नगर विकासले उपलब्ध गराएको छ।त्यस्तै लुम्बिनी […]

महाकाली उत्खननमा ५ करोड बढीको भ्रष्टाचार

कञ्चनपुर । महाकाली नदीको उत्खननसम्बन्धी ठेक्कामा ५ करोड बढीको भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित लेखा अधिकृत, इन्जिनियर र ठेकेदारविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, लेखा अधिकृत गोविन्दराज […]

सम्झनाद्वारा उपचाररत बिमला र बलसिंलाई ४६ हजार बढी आर्थिक सहयोग

दाङ । सामाजिक अभियन्ता सम्झना बुढाले नयाँ वर्ष २०८० सालको अवसर पारी उपचाररत बिमला र बलसिंलाई नगद ४६ हजार बढी आर्थिक सहयोग गरेका छन् । शुक्रबार सम्झनाले गत चैत महिना आगोले जलेर हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत रहेका राजपुर गाउँपालिका वडा नम्बर ७ स्याउलेका बिमला पुनलाई ई-सेवा मार्फत ३६ हजार, ५ सय,पच्चीस रुपैया प्रदान […]

सोना सिमेन्टले तिरेन ७५ करोड वक्यौता,विद्युत प्राधिकरणले काट्यो बिजुली

दाङ । नेपाल विद्युत् प्राधिकरणले सोनापुर मिनरल्स एन्ड वाइल प्रालिको बिजुली काटिदिएको छ। प्राधिकरणलाई तिर्नुपर्ने करिब ७५ करोड वक्यौता भुक्तानी नगरेपछि प्राधिकरणले सोना सिमेन्ट प्रालिको बिजुली शुक्रबारदेखि काटिदिएको हो। त्यस्तै सोनापुर मिनरल्स एन्ड वाइल प्रालिले सोना र सोनापुर सिमेन्ट उत्पादन गरिरहेको छ। प्राधिकरणको नेपालगञ्ज शाखाले दाङ स्थित सिमेन्ट उद्योगको बिजुली काटि दिएको हो। प्राधिकरणका अनुसार […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]