
Pbu
Rgp1
Sgr
Lnp
Srbpu
Rgp
Unsku
pku
Ggp

Bbbpu
Ssm
Ksm
Rsb
Asm
Sls
Hal
Gst
Vor
Wsp
Rgu
Tsm
Sbs
Pvg
Rgu
Ggd
Rgs
Bbu
nsb

Gsb
Mks
Ptm
Jmb
bbt
Syp
Rpp
Bml
Jmb
sab
Abd
Pls
Rmb
दाङ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान साढे ११ बजेतिर तुलसीपुर-घोराही सडक खण्ड अन्तरगत घोराहीबाट-तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका ११ स्थित खैरा चोकमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिनु भयो ।
त्यस्तै दुर्घटनामा परी मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ११ खैरा निवासी २६ वर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १७ वर्षीय गोपाल विक रहेको डिएसपी गौतमले बताउनु भयो ।
दुर्घटनाका घाइतेमध्ये गोपालको घटना स्थलमै मृत्यु भएको थियो भने घाइते भएका सन्देशको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको अस्पताललाई उद्धत गर्दै डिएसपी गौतमले जानकारी दिनु भयो।
ट्रकलाई ओभर ट्याक गर्न खोज्दा मोटरसाइकल दुर्घटनामा परेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धान छ । साथै ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ । मृतक दुवै जनाको शवलाई पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।
