
Rgp1
Djs
Rgp
Pbu
Srbpu
Unsku
pku
Ses
Sgr
Lnp
Ggp
Gfs
cjs
Pes

Pvg
Rgs
Gst
Rgu
Ksm
Rsb
Ssm
Vor
Sls
Sbs
Hal
nsb
Asm
Bbu
Bbbpu
Wsp
Rgu
Ggd
Tsm

Jmb
Rmb
Ptm
bbt
Mks
Pls
Jmb
sab
Syp
Rpp
Gsb
Bml
Abd
दाङ । राप्ती गाउँपालिकामा भूमिहीन सुकुमबासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरुलाई साेमबारदेखि पुन जग्गाको निस्सा वितरणकाे कार्य शुरु गरिएको छ।
दाेस्राे चरणकाे पहिलाे दिन वडा नम्बर नाै काे वडा कार्यलयल रुपाकाेटबाट निस्सा वितरण कार्यकाे शुरुआत गरिएको हाे। वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरको अध्यक्षता तथा पालिकाकी उपाध्यक्ष कमलापति चाैधरीकाे प्रमुख आतिथ्यतामा जग्गा नाप नक्सांकनका लागि जग्गाको निस्सा वितरण गरिएको थियो ।
निस्सा वितरण गर्दै पालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले ऐलानी, पर्ती जग्गा कैयौं वर्षदेखि उपभोग गर्दै आए पनि लालपूर्जाबिहीन स्थानीयवासीहरु जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया सुरु भएको बताउनु भयाे । उहाँले जग्गा जोत, उपभोग गरिरहेका प्रमाण गाउँपालिकाले दिएको बताउनु भयो। ‘यो जग्गाको लालपूर्जा होइन’, निस्सा वितरण गर्दै उहाँले भन्नु भयो। ‘तपाईहरुले कति ऐलानी, पर्ती जग्गा उपभोग गरिरहनु भएको छ, त्यसको प्रमाण तपाईहरुलाई दिएका हौं ।’ जग्गाको नाप, नक्सा अब यहि निस्साको आधारमा छिट्टै हुने उपाध्यक्ष चौधरीको भनाई थियो ।
वडाध्यक्ष सुनारी मगरका अनुसार सो वडामा २ सय ४२ घरधुरी अव्यवस्थित बसोबासी र ८ घरधुरी भूमिहीन दलितले फाराम भरेका छन् । साेमबार निस्सा नपाएका वडाबासीलाई वडा कार्यालयमा सम्पर्क गर्न वडाध्यक्ष सुनारी ले आग्रह समेत गर्नु भएको छ।
यस्तै क्रममा मंगलबार वडा नम्बर पाँचमा,बुधबार वडा नम्बर छ मा,बिहीबार वडा नम्बर सातमा र शुक्रबार वडा नम्बर आठमा साे निस्सा वितरण कार्यक्रम हुने राप्ती गाउँ पालिकाकाे भूमि सेवा केन्द्रका प्रमुख बाल चन्द्र गुरुङले जानकारी दिनु भएको छ। यस अगावै पहिलो चरणमा वडा नम्बर एकदेखि चारसम्म निस्सा वितरणको कार्य सम्पन्न भई सकेको समेत प्रमुख गुरुङले जानकारी बताउनुभयो ।

