
Lnp
pku
Srbpu
Djs
Ses
Pbu
Pes
Rgp1
Rgp
Ggp
cjs
Gfs
Sgr
Unsku

nsb
Wsp
Sls
Rgu
Pvg
Rgu
Ggd
Gst
Hal
Asm
Rsb
Sbs
Ksm
Bbu
Ssm
Tsm
Bbbpu
Rgs
Vor

Gsb
Mks
Pls
Jmb
Bml
sab
Jmb
Rmb
Ptm
Abd
Syp
Rpp
bbt
कञ्चनपुर । महाकाली नदीको उत्खननसम्बन्धी ठेक्कामा ५ करोड बढीको भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित लेखा अधिकृत, इन्जिनियर र ठेकेदारविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, लेखा अधिकृत गोविन्दराज उपाध्याय, इन्जिनियर हिमालयसिंह ऐर, अधिकृत छैटौं सुवास अधिकारी,नासु विष्णुदेव भट्ट र लेखापाल दीपेन्द्र चौधरीविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खननका लागि भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को ठेक्कामा नगरपालिकालाई ५ करोड ४३ लाख हानि नोक्सानी भएको ठहर गरेको छ । उक्त ठेक्का भवानी कन्स्ट्रक्सनलाई परेको थियो । भवानी कन्स्ट्रक्सनलाई १ करोड ९५ लाख लाभ पुग्ने गरी नगरपालिकाको राजस्व चुहावट भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत भट्ट र लेखा अधिकृत गोविन्दराज उपाध्यायलाई सोही बराबरको बिगो दाबी गरेको छ ।
यसैगरी भवानी कन्स्ट्रक्सनबाट बैंक जमानत नलिई सम्झौता गरेको भन्दै नगरपालिकालाई ३ करोड ४७ लाख हानि नोक्सानी गरेको भन्दै सोही बराबरको बिगो दाबी गरिएको छ । इन्जिनियर ऐर, अधिकृत अधिकारी, नासु भट्ट र लेखापाल चौधरीले १ करोड ९५ लाख बराबरको राजस्व चुहावट गरेको भन्दै सोही बराबरको बिगो दाबी गरेको छ ।
यसैगरी भवानी कन्स्ट्रक्सनका सञ्चालक ईश्वरीप्रसाद भट्ट, केशवराज भट्ट र प्रतिनिधि दिवाकर भट्टविरुद्ध समेत मुद्दा दर्ता भएको छ । उनीहरूलाई भ्रष्टाचार निवारण ऐनअनुसार सजाय र ५ करोड ४३ लाख बराबरको बिगो दाबी गरिएको छ । सञ्चालक ईश्वरीको मृत्यु भइसकेकाले ५ करोड ४३ लाख बिगो उनकी श्रीमती खगेश्वरी भट्टबाट असुल गर्न माग गरिएको छ ।
