
Rgp
Ses
Pbu
Gfs
Srbpu
Ggp
Djs
Rgp1
Unsku
Lnp
Sgr
Pes
pku
cjs
दाङ । देउखुरीको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । साेही कार्यक्रमको बारेमा मंगलबार राप्ती गाउँपालिकाका अध्यक्ष तथा शिक्षा समितिका संयोजक प्रकाश विष्टको अध्यक्षतामा शिक्षा समितिका पदाधिकारी तथा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुकाे संयुक्त तयारी बैठक बसेको हो । “दिगो र शान्तिपूर्ण समाज […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज रैली गरि मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस मनाइएको छ। कृष्णनगर नगरपालिका, शान्ति पुनर्स्थापना गृह,आफन्त नेपाल,इलाका प्रहरी कार्यलय कृष्णनगर,सशस्त्र प्रहरी बल कृष्णनगर,साना हातहरु,नेपाल आशिष सामाजिक सेवा केन्द्र लगायतको आयोजना तथा महेन्द्र माध्यमिक विद्यालय, सेन्टज्यूड्स इंग्लिश बोर्डिंग स्कूल,होटल व्यवसायी संघ कृष्णनगरको सहकार्यमा मानव बेचबिखन तथा ओसारपसार विरूद्धको […]
दाङ । देउखुरीको लमही नगरपालिकाले नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुसंग छलफल तथा अन्तरक्रिया गरेको छ । अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले आर्थिक रुपले विपन्न भएका मानिसहरुको लागि सहकारी वरदानको रुपमा सावित भएको बताईन । निम्न आयस्रोत भएका मानिसहरुले साना उद्दम संचालन गरेर जिविकोपार्जन गर्न सहज भएको उनको भनाई […]
दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी राजन गौतमलाई एक कार्यक्रमको बीचमा बिदाई गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभाग कर्मचारी प्रशासन शाखाको च.नं. १०३२ मिति २०८०।०५।१५ गतेको पत्रादेशानुसार साविक जिल्ला प्रहरी कार्यालय दाङ दरबन्दी भई हाल कर्णाली प्रदेश प्रहरी कार्यालय बिरेन्द्रनगर सुर्खेत सरुवा भई जानलाग्नु भएका प्र.ना.उ. डिएसपी गौतमलाई […]
धनगढी । कैलालीमा चरेससहित चार जना पक्राउ परेका छन् । जिल्लाकोे घोडाघोडी नगरपाालिका वडा नम्बर ५ देउकल्याको भित्री सडक खण्डमा १.३ सय ग्राम चरेससहित चार जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका वडा नम्बर १० बस्ने ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बस्ने २९ वर्षीय सागर पौडेल […]
दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्ललाई जिल्ला प्रहरी कार्यालय दाङले भब्य बिदाई गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभाग कर्मचारी प्रशासन शाखाको च.नं. १०३२ मिति २०८०।०५।१५ गतेको पत्रादेशानुसार साविक ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा दरबन्दी भई हाल लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देही सरुवा भई जानलाग्नु भएका ईलाका […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियाका ४० वर्षीय कालीचरण चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।रा ३ पा ८०१४ नम्वरको मोटरसाइकल रिहार अमेलिया सडकखण्डमा अनियन्त्रित भई दुर्घटना भएको मृतकका आफन्त मिरा चौधरीले जानकारी दिनु भयो । त्यस्तै मोटरसाइकलमा सवार गढवा – ३ गोबरडियाकै अन्दाजी ३९ बर्षिय मुखिया चौधरी घाइते भएका छन् […]
दाङ । जग्गा फुकुवा संघर्ष समितिले लुम्बिनी प्रदेशको रोक्का जग्गा फुकुवाको माग गर्दैैे भदौ १८ गते आज राप्ती गाउँपालिकाको सिसहनियाँ र भालुवाङ बजार बन्द गरी २ घण्टा प्रदेशसभा गेट अगाडी धर्ना बस्ने भएको छ । राजधानी व्यवस्थापनको नाममा लामो समय देखि आम नागरिकको जग्गा रोक्का हुँदा दैनिक जीवनमा मर्का परेको भन्दै संघर्ष समितिले सरकारलाई दवाव […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा सञ्चालित तीन दिने खोजमुलक समाचार लेखन तथा एडभान्स पत्रकारिता तालिम आइतवार सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा राप्ती प्रेस मञ्चले गत भदौ १५ गते देखि गाउँपालिकाको सभाहल मसुरीयामा आयोजना गरेको पत्रकारिता तालिम सम्पन्न भएको हो । मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीको अध्यक्ष एवम् राप्ती गाउँपालिकाका निमित्त प्रमुख […]