ओमप्रकाश गुप्ता सोमबार, भाद्र १८, २०८०

दाङ । देउखुरीको राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा सञ्चालित तीन दिने खोजमुलक समाचार लेखन तथा एडभान्स पत्रकारिता तालिम आइतवार सम्पन्न भएको छ ।

राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा राप्ती प्रेस मञ्चले गत भदौ १५ गते देखि गाउँपालिकाको सभाहल मसुरीयामा आयोजना गरेको पत्रकारिता तालिम सम्पन्न भएको हो ।

मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीको अध्यक्ष एवम् राप्ती गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा सुचना अधिकारी विश्वास विकको प्रमुख आतिथ्यतामा भएको तालिम सभापन कार्यक्रममा बोल्ने वक्ताहरुले ३ दिन सम्म सिकेको कुरालाई पुर्ण रुपमा व्यवहारमा लागु गरि खोज पत्रकारिता तर्फ कलम चलाउन सुझाव दिएका छन् ।

त्यस्तै सो अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष तथा प्रमुख प्रशिक्षक दुर्गालाल केसी, राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष तथा प्रशिक्षक सन्तोषकुमार गुप्ता, सहभागीहरु अनिल सुनार र वर्षा केसी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मञ्चका उपाध्यक्ष बासुदेव न्यौपानेले धन्यवाद दिएको तालिम समापन कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

तालिममा राप्ती गाउँपालिका क्षेत्रमा क्रियाशिल सञ्चारकर्मी र अन्य नयाँ युवाहरू गरि २८ जना प्रशिक्षार्थीहरूको सहभागीता रहेको तालिमको मुख्य प्रशिक्षकमा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, प्रशिक्षकमा पत्रकार महासंघ दाङ शाखा सहसचिव दशरथ घिमिरे, पत्रकारहरु दिवाकर पोख्रेल, छवि पुरी, राप्ती गाउँपालिकाका सुचना अधिकारी विश्वास विक, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, उपाध्यक्ष बासुदेव न्यौपाने र महासचिव ओमप्रकाश गुप्ता रहेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]