प्रिया स्मृति गजमेर मंगलबार, भाद्र १९, २०८०

दाङ । देउखुरीको लमही नगरपालिकाले नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुसंग छलफल तथा अन्तरक्रिया गरेको छ ।

अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले आर्थिक रुपले विपन्न भएका मानिसहरुको लागि सहकारी वरदानको रुपमा सावित भएको बताईन । निम्न आयस्रोत भएका मानिसहरुले साना उद्दम संचालन गरेर जिविकोपार्जन गर्न सहज भएको उनको भनाई छ ।

सहकारीमा आबद्ध भएर धेरै दिदिबहिनीहरुले बाख्रा पालन,कुखुरा पालन, पसल, तरकारी खेती, कटाईसिलाई जस्ता उद्दम गरि आर्थिक आयाआर्जनमा सबल भएका धेरै उदाहरण छन”- कार्यबाहक नगर प्रमुख योगीले भनिन । सहकारीलाई राम्रोसँग बुझेर कर्जा लिने र समयमा कर्जा चुक्ता गर्ने तर्फ पनि ध्यान दिनु पर्ने योगीको भनाई छ ।

समस्या समाधान गर्दै आएको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले बताए । सहकारी हुनेखानेको संस्था हैन, न्यून आय भएका मानिसको कारोबार सहज तरिकाले चल्ने उदेश्यले खोलेका सहकारी हुन, यी संस्थालाई न्यून आय भएका मानिसकै हितमा लागेर काम गर्नु पर्छ”- श्रेष्ठले भने । संस्थाको मर्म विपरीत नचल्न पनि सहकारी संचालकहरुलाई प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले आग्रह गरे ।

नगरपालिका भित्र रहेका सहकारीलाई नगरपालिकाले तीन/तीन महिनाको एक पटक बोलाएर भेला गर्दै आएको छ । सहकारी उठेका विभिन्न खाले समस्याहरुको के कसरी समाधान गर्न सकिन्छ भन्नेबारे नगरपालिका र सहकारीविच व्यापक छलफल हुन्छ”- प्रशासन शाखाका अधिकृत महेश थापा ठेंडीले बताए ।

लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रशासन शाखाका प्रमुख अधिकृत महेश थापा ठेंडीले गरेका थिए ।

वार्षिक लेखा परिक्षण र विनियम संशाेधन विषयमा संस्थाको संचालक समितिका अध्यक्ष/ व्यवस्थापकहरुसंग लमही नगरपालिकाले छलफल गरेको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]