
Ggp
Srbpu
Pbu
Rgp
Unsku
Djs
Pes
Ses
Gfs
Sgr
Lnp
Rgp1
cjs
pku

Asm
Sbs
Vor
Pvg
Ksm
Sls
Bbu
Ssm
nsb
Rgs
Tsm
Rgu
Rgu
Bbbpu
Wsp
Ggd
Gst
Hal
Rsb

sab
bbt
Gsb
Abd
Rmb
Mks
Pls
Jmb
Syp
Jmb
Rpp
Bml
Ptm
दाङ । देउखुरीको लमही नगरपालिकाले नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुसंग छलफल तथा अन्तरक्रिया गरेको छ ।
अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले आर्थिक रुपले विपन्न भएका मानिसहरुको लागि सहकारी वरदानको रुपमा सावित भएको बताईन । निम्न आयस्रोत भएका मानिसहरुले साना उद्दम संचालन गरेर जिविकोपार्जन गर्न सहज भएको उनको भनाई छ ।
सहकारीमा आबद्ध भएर धेरै दिदिबहिनीहरुले बाख्रा पालन,कुखुरा पालन, पसल, तरकारी खेती, कटाईसिलाई जस्ता उद्दम गरि आर्थिक आयाआर्जनमा सबल भएका धेरै उदाहरण छन”- कार्यबाहक नगर प्रमुख योगीले भनिन । सहकारीलाई राम्रोसँग बुझेर कर्जा लिने र समयमा कर्जा चुक्ता गर्ने तर्फ पनि ध्यान दिनु पर्ने योगीको भनाई छ ।
समस्या समाधान गर्दै आएको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले बताए । सहकारी हुनेखानेको संस्था हैन, न्यून आय भएका मानिसको कारोबार सहज तरिकाले चल्ने उदेश्यले खोलेका सहकारी हुन, यी संस्थालाई न्यून आय भएका मानिसकै हितमा लागेर काम गर्नु पर्छ”- श्रेष्ठले भने । संस्थाको मर्म विपरीत नचल्न पनि सहकारी संचालकहरुलाई प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले आग्रह गरे ।
नगरपालिका भित्र रहेका सहकारीलाई नगरपालिकाले तीन/तीन महिनाको एक पटक बोलाएर भेला गर्दै आएको छ । सहकारी उठेका विभिन्न खाले समस्याहरुको के कसरी समाधान गर्न सकिन्छ भन्नेबारे नगरपालिका र सहकारीविच व्यापक छलफल हुन्छ”- प्रशासन शाखाका अधिकृत महेश थापा ठेंडीले बताए ।
लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रशासन शाखाका प्रमुख अधिकृत महेश थापा ठेंडीले गरेका थिए ।
वार्षिक लेखा परिक्षण र विनियम संशाेधन विषयमा संस्थाको संचालक समितिका अध्यक्ष/ व्यवस्थापकहरुसंग लमही नगरपालिकाले छलफल गरेको हो ।
