नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले,नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका हुन् । त्यस्तै प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका […]

लुम्बिनीका मुख्यमन्त्री चौधरीद्वारा माओवादीका दुई मन्त्रीलाई बर्खास्त

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै मुख्यमन्त्रीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका हुन् । अब प्रदेश सरकारमा नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका […]

गढवामा संचालित पालिका स्तरीय फुटबल प्रतियोगितामा राप्ती र लमही फाइनलमा प्रवेश

दाङ । गढवा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको दाेस्राे गाउँपालिका स्तरीय फुटबल प्रतियोगितामा राप्ती गाउँपालिका र लमही नगरपालिका फाइनलमा प्रवेश गरेका छन् । मंगलबार जनता माध्यमिक विद्यालय गढवाकाे खेलमैदानमा भएको खेलमा गढवा गाउँपालिकालाई हराउँदै राप्ती गाउँपालिका फाइनल पुगेको हाे। राप्ती गाउँपालिका र आयोजक गढवा गाउँपालिका बीच भएको खेलमा दुबै टिमबाट निर्धारित समयमा गाेल […]

त्रिशूली नदीमा बस खस्दा पाँच जनाको मृत्यु, ३८ जनाको उद्धार

काठमाडौँ । धादिङ गजुरीस्थित गलौदीको त्रिशूली नदीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता नायव उपरीक्षक (डीएसपी) सन्तु जैसवालले जानकारी दिनु भयो । सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान ४:४१ बजे सडकबाट करिब १०० मिटर तल […]

देउखुरीमा अन्तरपालिका स्तरीय खेलकुद सुरु

दाङ । देउखुरीको गढवा गाउँपालिकाले स्थापना दिवसको अवसर जुराएर मंगलबार देउखुरीका अन्तरपालिका स्तरीय खेलकुद सुरु गरेको छ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको अध्यक्षतामा सुरु भएको खेलकुद कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेशसभाका सदस्य इन्द्रजित चौधरीले गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्दै सांसद चौधरीले स्थानीय सरकारहरुको स्थापनालाई स्मरण गर्दै गर्दा […]

कृष्णनगरमा आफन्त नेपालद्वारा परियोजना समिक्षा कार्यक्रम समापन 

कपिलवस्तु । मानब बेचबिखन विरुद्ध कृयाशिल सस्था आफन्त नेपाल बिगत २०६४ देखि यस कपिलवस्तु जिल्लामा आफ्ना कार्यक्रमहरु सन्चालन गर्दै आएको छ । संस्थाले सिमा क्षेत्रमा अनुगमन गरि जोखिममा पर्न सक्ने महिला तथा किशोरीहरुलाई सुचना प्रबाह गरि सचेत गराउने र जोखिममा रहेका महिला तथा किशोरीहरुलाई उद्धार गरि पुनर्स्थापना गर्ने लगाएतका बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । […]

राप्तीमा पालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

दाङ । देउखुरीकाे राप्ती गाउँपालिकामा नयाँ प्रविधिहरूमा पहुँच (RePLANT) मार्फत बाली कटानीपछि हुने क्षति राेक्नका लागि गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक मंगलबार सम्पन्न भएको छ । ग्रामीण महिला उत्थान केन्द्र दाङकाे आयोजना तथा राप्ती गाउँपालिकाकाे समन्वयमा गाउँपालिकाकाे कार्यालय मसुरीयामा उक्त बैठक सम्पन्न भएको हाे। राप्ती गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समितिका संयाेजक […]

लमहीमा युवालाई स्वोरोजगार बनाउन पलम्बिङ र हाउस वायरिङ तालिम

दाङ । लमहीको देउपुर निवासी बिकाश थापा रोजगारीका लागि करिब ३ बर्ष खाडि मुलुक बसे । सामान्य लेवरमा गएका उनलाई खासै उपलब्धी हुन सकेन । कमाउनुको साटो उल्टै दुख पाएको उनी सुनाउछन । आफ्नै कम्पनीमा सीप सिकेर सँगै गएका साथीहरुले मनग्य कमाउदा उनलाई हिन्ताबोध हुन्थ्यो । थापाको मनमा एउटै कुरा उब्जिन्थ्यो आम्दानी गर्न सीप सिक्नुपर्ने […]

राजपुरलाई तरकारीमा आत्मनिर्भर बनाउन नि:शुल्क बेमौसमी तरकारीको बीउ बितरण

दाङ । देउखुरीको राजपुरपालिकाले पालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने उदेश्यले तरकारी कृषकहरूलाई बेमौसमी तरकारी बालीका लागि उन्नत तथा हाईब्रिड जातका बिउ वितरण गरेको छ। कृषकहरूको मागका आधारमा पालिकाको कृषि शाखाले नि:शुल्क रुपमा भिन्डी,करेला,बोडि,सिमि , काक्रा लगायतका तरकारीका बिउ वितरण गरेको पालिकाका कृषि शाखा प्रमुख रिता भण्डारीले बताउनु भयो । पालिकाले वडा नम्बर १,२ र ५ गरि प्रतेक […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]