
pku
Sgr
Rgp
Lnp
Unsku
Rgp1
Srbpu
Pbu
Ggp

Tsm
Asm
Rsb
Ssm
Vor
Bbu
Rgs
Ggd
Rgu
Sls
Hal
Wsp
Pvg
Sbs
Gst
nsb
Rgu
Bbbpu
Ksm

Ptm
Abd
Syp
Pls
Mks
Jmb
Jmb
Rmb
bbt
Bml
sab
Gsb
Rpp
काठमाडौँ । सुकुम्बासी मोर्चाका कार्यबाहक अध्यक्ष नारायण परियारको काठमाडौंमा तीन तले घर रहेको पाइएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३१ शान्तिनगर जागृतीटोलमा १६ कोठाको तीन तले घर रहेको उनकै पारिवारिक विवरणमा उल्लेख छ । तर, उक्त घर भने परियारकी श्रीमती शुभमाया कपालीको नाममा छ । कपालीले २०७७ साउन १४ गते नेपाल बैंक लिमिटेड नयाँ बानेश्वर शाखालाई पसल घर सम्पत्ति विवरण खुलाई लेखेको पत्रमा यो विवरण खुलाइएको छ ।
त्यस्तै,पत्रमा लेखिएको छ– जिल्ला काठमाडौं, कामनपा ३१ शान्तिनगरमा,जागृतीटोलस्थित यस शुभनारायण स्टोर्स पसल बसेको घर, हालको अवस्था १६ कोठा तला ३, मेरो नामको बिजुली बत्ती जडान भएको, नेपाल सरकारको पर्ति जग्गामा लालपुर्जा नभएको घर हो । अन्य सम्पूर्ण पूर्वाधारयुक्त यस घरको स्थानीय बोलकबोल अनुसार ८० लाख भन्दा बढी मूल्यांकन हुनसक्ने समेत जानकारी गराउँछु ।
यस्तै,शुभमाया नारायण परियारकै श्रीमती रहेको भनी वडा कार्यालयले समेत नाता प्रमाणित गरिदिएको छ । २०७७ साउन १४ मै वडा कार्यालयले नाता प्रमाणित गरिदिएको छ र त्यसमा शुभमायालाई नारायण परियारकी पत्नी भनिएको छ । नारायण परियारलाई आजै प्रहरीले बैंकिङ कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ ।
सिधाकुरा
