
Lnp
Rgp1
Unsku
Sgr
Ggp
Rgp
pku
Pbu
Srbpu

Sls
Wsp
Rsb
Tsm
Gst
Asm
Bbbpu
Pvg
Rgu
Bbu
Hal
Ksm
Rgs
nsb
Ssm
Sbs
Vor
Ggd
Rgu

Rpp
bbt
Ptm
Abd
Pls
Jmb
Rmb
Syp
Jmb
sab
Mks
Gsb
Bml
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा रहेको सिसहनियाँ उद्योग वाणिज्य संघले एक क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ ।
राप्ती – ७ छोट्की सिसहनियाँका ४४ वर्षीय क्यान्सर पीडित गुरिलाल चौधरीलाई उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको नेतृत्वमा पीडितकै निवासमा पुगेको टोलीले नगद २२ हजार ८ सय ८५ रूपैयाँ सहयोग गरेको हो ।
यसरी सहयोग गर्नेहरूमा वसन्त थापाबाट ५ हजार, गाैरी शंकर प्रालि सिसहनियाँबाट ४ हजार २ सय ५, संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी,भानु ज्ञवाली, गिरबहादुर ज्ञवालीबाट २/२ हजार, संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारी,बिर्खबहादुर महरा, निमराज चाैधरीबाट क्रमश १ हजार ५, राप्ती गाउँपालिका वडा नम्बर ५ का पुर्व वडा अध्यक्ष गोवर्धन रावतबाट ६ सय, वर्तमान वडा अध्यक्ष देवप्रसाद चाैधरीबाट ५ सय ६०, गन्दर्व चाैधरीबाट ५०५, टोपाराम पुन, सिताराम चाैधरी, भिमबहादुर चाैधरी, मनिराम बेल्वासे, मदन पोख्रेल, यमुना कृषि फर्मका सञ्चालक तथा संघका प्रेस सल्लाहकार तिर्थराज ज्ञवालीबाट क्रमश ५/५ सय सहयोग रकम संकलन गरिएको थियोे ।
गुरिलाल चाैधरी विगत ६ वर्षदेखि प्रोष्टेट क्यान्सरबाट पीडित छन् । पाँच वर्षसम्म रोग पहिचान हुन नसक्दा नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदा गराउँदै २५ लाख बढी रकम खर्च भयो । १ वर्षअघि प्रोष्टेट क्यान्सर रोग लागेको पुष्टि भएपछि अहिले चितवन स्थित बिपी कोईराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुरमा उपचार गराई रहेका छन् । उपचार गराउँदा गराउँदै अजित ग्रिल उद्याेगबाट कमाएकाे रकम, जग्गा बेचेकाे रकम समेत सकिएपछि गुरिलाललाई उपचारमा समस्या थपिएको छ । उनले जीवन रक्षाको माग गर्दै सबैमा सहयोगको याचना समेत गरेका छन् ।
त्यस्तै १२ मध्ये ८ वटा किमो थेरापी गराई सकेका क्यान्सर पीडित गुरिलाललाई अब ४ वटा किमो थेरापी गर्ने पैसा छैन । पैसा अभावमा उनी छटपटाई रहेका छन् । उनी क्यान्सर रोगबाट त पीडित थिए नै तर फेरि उनी माथि अर्को बर्जपात परेको छ । गत फागुन १४ गते ग्रिलमा काम गर्ने क्रममा हाते ग्यारेन्डर मेसिन पाउमा खसेर ठुलो घाउ भएको छ । उनी अहिले बैशाखीको भरमा हिड्नु परेको छ ।
क्यान्सर रोग र खुट्टामा लागेको घाउको उपचार गराउन निकै समस्या परेको छ । यसका लागि उनले सबैसँग सक्दो आर्थिक सहयोग गरि जीवन बचाई दिन अनुरोध गरेका छन् । सहयोग गर्न चाहने मनकारी महानुभावले गुरिलाल चौधरीको नाममा रहेको एन.आई.सी एशिया बैंक सिसहनियाँ शाखाको खाता नं. २१२५७५२०२२१४८००१ मा रकम जम्मा गर्न वा उनको मोबाईल नम्बर ९८४७८४८२०२ मा पनि फोन गरेर सहयोग गर्न सकिने छ । उनको परिवारमा श्रीमती, १ छोरा र १ छोरी रहेका छन् ।
