शिबराज पन्थी/सिधा-पत्र कर्मी बुधबार, फाल्गुण २३, २०८०

दाङ । देउखुरीको गढवा गाउँपालिकाले स्थापना दिवसको अवसर जुराएर मंगलबार देउखुरीका अन्तरपालिका स्तरीय खेलकुद सुरु गरेको छ ।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको अध्यक्षतामा सुरु भएको खेलकुद कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेशसभाका सदस्य इन्द्रजित चौधरीले गर्नुभएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै सांसद चौधरीले स्थानीय सरकारहरुको स्थापनालाई स्मरण गर्दै गर्दा संबिधान प्रदत्त अधिकारको स्थापना र कार्यान्वयनमा तदारुकता साथ जोड दिनुपर्ने बताउनुभयो । खेलको माध्यमबाट नागरिकहरु स्वस्थ हुने र नागरिकहरु स्वस्थ भएमात्र देशको बिकास र समृद्धि हुने उहाँले बताउनुभयो । खेल राष्ट्रको पहिचान भएकोले राष्ट्रनिर्माण र आर्थीक बिकासमा टेवा पुरयाउने र अनुशासन तथा मित्रता कायम गर्ने बलियो माध्यम भएको सांसद चौधरीले बताउनुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथी संबिधानसभाका पूर्व सांसद रश्मिराज नेपालीले खेल अनुशासीत, मैत्रीपूर्ण र मर्यादित हुनुपर्ने बताउनु भयो । राष्ट्रिय पहिचान झल्काउने बलियो माध्यम खेल भएको बताउँदै उहाँले खेलाडीहरुमा असल चरित्रको बिकास, दुब्र्यसन मुक्त तथा राष्ट्रप्रेम हुनुपर्ने औंल्याउनुभयो ।

कार्यक्रममा गढवा तथा राप्ती गाउँपालिकाका जनप्रतिनीधीहरु,गढवा,राजपुर र राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु,राजनितिक दलहरु,संघसंस्ताका प्रतिनिधीहरु,सुरक्षाकर्मि र पत्रकारको उपस्थिति रहेको थियो ।

झण्डै एक सातासम्म संचालन हुने उक्त कार्यक्रममा देउखुरीका चारवटै पालिकाका जनप्रतिनिभिहरु तथा कर्मचारीहरुको बिच रोचक खेलकुद हुने मूल आयोजक समितिका संयोजक तथा गढवा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरिभगत चौधरीले जानकारी दिनुभयो ।

गढवा गाउँपालिकाका अठवटै वडाहरुबाट फूटवल, क्रिकेट,भलिवल,५ सय मिटर र एकहजार पाँचसय मिटर दौड लगायतका दर्जनौं खेलहरु रहने आयोजक गढवा गाउँपालिकाले जनाएको छ । सो अवसरमा संघसंस्था र जनप्रतिनिधी तथा महिलाहरुका बिचमा समेत रोचक खेलहरु रहने गढवा गाउँपालिकाले बताएको छ ।

पहिलो दिन राप्ती गाउँपालिका र गढवा गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरु बिच मैत्रिपूर्ण फूटवल खेल भएको छ । गढवा गाउँपालिकालाई पेनाल्टी २ गोलका बिरुद्ध राप्ती गाउँपालिकाले पेनाल्टी ४ गोल हानेर बिजयी भएको छ ।

गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको स्वागत मन्तब्यबाट आरम्भ भएको खेलकुद कार्यक्रमको सञ्चालन गढवा गाउँपालिकाका शिक्षाशाखा प्रमुख श्याम बिक ले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]