
Ggp
Rgp1
Gfs
Srbpu
Unsku
Sgr
Pbu
Djs
pku
Rgp
cjs
Ses
Lnp
Pes

Vor
Gst
Asm
Sls
Sbs
Tsm
Bbbpu
Rsb
Bbu
Rgu
Ksm
nsb
Ggd
Pvg
Rgu
Hal
Wsp
Ssm
Rgs

Ptm
Syp
Jmb
Jmb
Abd
Rpp
Gsb
Pls
Bml
bbt
Rmb
Mks
sab
दाङ । गढवा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको दाेस्राे गाउँपालिका स्तरीय फुटबल प्रतियोगितामा राप्ती गाउँपालिका र लमही नगरपालिका फाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार जनता माध्यमिक विद्यालय गढवाकाे खेलमैदानमा भएको खेलमा गढवा गाउँपालिकालाई हराउँदै राप्ती गाउँपालिका फाइनल पुगेको हाे।
राप्ती गाउँपालिका र आयोजक गढवा गाउँपालिका बीच भएको खेलमा दुबै टिमबाट निर्धारित समयमा गाेल हुन नसकेपछि पेनाल्टी सुट आउट मार्फत राप्तीले गढवा लाई ५-३ काे फराकिलो गाेल अन्तरले हराउँदै फाइनलमा पुगेको हाे।
त्यस्तै लमही नगरपालिकाले राजपुर गाउँपालिकालाई हराउँदै फाइनलमा पुगेको छ । निर्धारित समयमा दुबै टिमबाट २ बराबर गाेल भए पछि पेनाल्टी सुट आउट मार्फत थप २ गाेल गर्दै लमही नगरपालिकाले राजपुर गाउँपालिकालाई ४-२ काे गाेल अन्तरले हराउँदै फाइलमा पुगेको आयाेजकले जानकारी दिएको छ।
त्यस्तै फाइनल खेल आगामी २७ गते हुने भएको छ।फाइनल खेलमा राप्ती गाउँपालिका र लमही नगरपालिका बीच प्रतिस्पर्धा हुने बताइएको छ।
गढवा गाउँपालिकाले आफ्नो स्थापन दिवसको अवसरमा गाउँपालिका स्तरीय,वडा स्तरीय ,विद्यालय स्तरीय र विभिन्न संघसंस्थाहरु बीच महिला तथा पुरुष फुटबल ,भलिबल लगायत अन्य विविध खेलकुद प्रतियोगिताकाे आयोजना गरेको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पाेख्रेलले जानकारी दिनु भयो ।
यसैबीच खेलकुद प्रतियोगिताको मंगलबरा लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारुले उद्घाटन गर्नु भएको थियो ।
