टेकबहादुर पुन/जिल्ला ब्युरो मंगलबार, फाल्गुण २२, २०८०

दाङ । लमहीको देउपुर निवासी बिकाश थापा रोजगारीका लागि करिब ३ बर्ष खाडि मुलुक बसे ।

सामान्य लेवरमा गएका उनलाई खासै उपलब्धी हुन सकेन । कमाउनुको साटो उल्टै दुख पाएको उनी सुनाउछन । आफ्नै कम्पनीमा सीप सिकेर सँगै गएका साथीहरुले मनग्य कमाउदा उनलाई हिन्ताबोध हुन्थ्यो ।

थापाको मनमा एउटै कुरा उब्जिन्थ्यो आम्दानी गर्न सीप सिक्नुपर्ने रहेछ । सीप नभएर नै खाडीमा दुख पाएको उनी बताउछन । खाडीमा सोचेजस्तो नभई हन्टर खाएर उनी स्वदेश फर्किए । पढाइ मात्र नभएर सिप आजको आबस्यक्ता भन्ने बुझेका थापा केही सीप सिकेर आत्मनिर्भर बन्नुपर्ने उनले सोच बोकेका छन ।

घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङले लमहीमा आयोजना गरेको पलम्बिङ तथा हाउस वायरिङ तालिममा उनी सहभागी भएका छन । उनी सीप सिकेर आत्म निर्भर बन्न चाहन्छन । उनिजस्तै ब्याच्लर अध्ययन गरिरहेका लमही-७ बनघुस्री निवासी टेकेन्द्र वलीपनि सीप सिकेर स्वरोजगार बन्न चाहन्छन । पढाईले मात्र स्वोरोजगार बन्न नसक्ने बुझेका उनले सिप आजको आबस्यक्ता रहेको बताए । कतै रोजगारका लागि जाँदा पहिलो प्राथमिक्ता सीप खोज्ने र त्यसको लागि सीप सिक्न आफुपनि सहभागी भएको बताए ।

घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङले लमहीको वडा नम्बर ७ को कार्यालयमा ढाई महिने तालिमको शुरुवात गरेको हो । ७ नम्बर वडा कार्यालयको समन्वयमा सञ्चालित तालिममा जिल्लाका २५ जना प्रशिक्षार्थी सहभागी छन । कार्यक्रमलाई उद्घाटन गर्दै लमही नगरका प्रबक्ता तथा ७ नम्बर वडाका वडाध्यक्ष मोहन गिरीले सीप सिकेका हरुलाई कामको खोजीको आबस्यक नरहने बताए ।कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गिरीले पुराना सिस्टमबाट पिउने गरेका खानेपानीका योजनाहरु द्रुत गतिमा रहेको र घर निर्माका कामहरु निरन्तर हुने गरेकाले कामको कमि नहुने बताए । समय सापक्ष तालिमको आयोजना गरिदिएर आत्म निर्भर बनाउन तर्फ घरेलु उद्योग लागेको प्रति धन्यबाद ज्ञापन गरे । ‘सीप अनिवार्य छ, नेपालमै स्वरोजगार बन्न यसको भुमिका रहन्छ, बिदेशनै जानपरेपनि सिपले योगदान पुराउछ प्रबक्ता गिरीले भने-आफुसँग भएको सीप कतै जाँदैन, महेनत गरेर सीप आर्जन गर्नुस ।’

सीप परिक्षण समेत हुनेगरि पास हुने परिक्षार्थीलाई सिटिईभिटि मान्यता प्राप्त प्रमाण पत्र दिईने र जसले कामको बाटो खुल्नुका साथै ट्रेनिङ दिनसक्ने हैसियत रहने घरेलु उद्योग दाङका प्रमुख युवराज न्यौपानेले बताए ।

‘घरेलुबाट दिने प्रमाणपत्र त छदैछ, परिक्षण गरि सिटिईभिटीको मान्यता प्राप्त प्रमाण पनि दिईनेछ प्रमुख न्यौपानेले भने-दाङका युवालाई स्वरोजगार बनाउन तालिमको आयोजना गरिएको हो, सीप सिकेर आम्दानीसँग जोडिनुस ।’ उनले घरेलु उद्योग दाङले तत्काल ३ वटा तालिम सँचालन गरेको र भेगिए हिसाबले जिल्लामा ३ बजारमा सँचालन गरिने बताए । लमहीको ७ नम्बरमा पलम्बिङ र हाउस वायरिङ, घोराहीमा ब्युटिसियन र तुलसीपुर १४ मा सिलाईकटाईको आयोजना गरिएको प्रमुख न्यौपानेले बताए ।

पलम्बिङ तथा हाउस वायरिङको प्रशिक्षकमा गणेश कुमार भण्डारी रहेका छन । वडासदस्य उर्मिला चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सँचालन घरेलु उद्योग दाङका कर्मचारी गोपाल पौडेललले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]