
Lnp
Rgp1
Ggp
Pbu
Unsku
Srbpu
pku
Rgp
Sgr

Wsp
Ggd
Ssm
Ksm
Vor
Sbs
Rgs
Bbbpu
Sls
Gst
Bbu
Rgu
Rsb
Hal
Pvg
nsb
Tsm
Asm
Rgu

Rmb
Rpp
Mks
Pls
Ptm
Gsb
bbt
Jmb
Abd
Bml
Syp
Jmb
sab
दाङ । देउखुरीकाे राप्ती गाउँपालिकामा नयाँ प्रविधिहरूमा पहुँच (RePLANT) मार्फत बाली कटानीपछि हुने क्षति राेक्नका लागि गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक मंगलबार सम्पन्न भएको छ ।
ग्रामीण महिला उत्थान केन्द्र दाङकाे आयोजना तथा राप्ती गाउँपालिकाकाे समन्वयमा गाउँपालिकाकाे कार्यालय मसुरीयामा उक्त बैठक सम्पन्न भएको हाे।
राप्ती गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समितिका संयाेजक प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न बैठकमा बाेल्दै अध्यक्ष विष्टले पछिल्लो समय कृषकहरूले बाली कटानीपछि पनि विभिन्न किसमले क्षति बेहाेर्नु परेको बताउदै संस्थाले सञ्चालन गरेको परियोजनाले त्यस्ताे क्षति राेक्न सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो ।
त्यस्तै उहाँले ग्रामीण महिला उत्थान केन्द्रले अर्गानिक खेतीपाती र भण्डारका लागि कार्यक्रमहरु बनाउन सुझाव दिनुभयो ।
बैठकमा परियोजनाका संयाेजक हित बहादुर थापाले परियोजनाकाे बारेमा जानकारी गराउनु भएको थियो।
यस्तै उक्त बैठकमा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,वडा नं.५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी,कार्यपालिकाका सदस्यहरु,गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुख ,भृकुटी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा कर्मचारीहरुकाे सहभागीता रहेको बैठककाे सहजीकरण परियोजना सुपरभाइजर कमला शर्माले गर्नु भएको थियो ।
