शिब राज खनाल सोमबार, फाल्गुण २१, २०८०

दाङ । देउखुरीको राजपुरपालिकाले पालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने उदेश्यले तरकारी कृषकहरूलाई बेमौसमी तरकारी बालीका लागि उन्नत तथा हाईब्रिड जातका बिउ वितरण गरेको छ।

कृषकहरूको मागका आधारमा पालिकाको कृषि शाखाले नि:शुल्क रुपमा भिन्डी,करेला,बोडि,सिमि , काक्रा लगायतका तरकारीका बिउ वितरण गरेको पालिकाका कृषि शाखा प्रमुख रिता भण्डारीले बताउनु भयो । पालिकाले वडा नम्बर १,२ र ५ गरि प्रतेक वडामा १३५ जनाका दरले ४०५ जना तरकारी कृषकहरुलाई उन्नत जातको बीउ बितरण गरेको हो ।

बिउ वितरण गर्दै गाउपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले व्यवसायिक रूपमा तरकारी खेती गर्ने कृषकहरूलाई गाउपालिकाले सहयोग गर्ने बताउँदै उत्पादन वृद्धि गर्न र कृषकहरूलाई व्यवसायिक बन्न आग्रह गर्नु भएको छ ।

तेस्तै गाउपालिकाकि उपाध्यक्ष  धनपती देबि यादबले पालिकाले कृषकमुखी कार्यक्रम सञ्चालन गरेको बताउँदै व्यवसायिक र बेमौसमी तरकारी उत्पादनमा लाग्न सबै कृषकहरूलाई आग्रह गर्नु भयो । स्थानिय रुपमा उत्पादन भएका तरकारीको बजारीकरणका लागि प्रतेक हप्ताको शुक्रबारका दिन पालिकाले सबै वडालाई पाई पर्ने गरि वडा नम्बर ५ को जंग्रहवामा  हाटबजार समेत संचालन गर्दै आएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]