
Srbpu
Rgp
Ggp
Pbu
Unsku
pku
Lnp
Sgr
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयको चमेना गृह (क्यान्टिन) लाई कारबाही गरेको छ । कार्यालय परिसर भित्रको प्लाजामा रहेको नारायणी चमेना गृहमा बासी खाना बेच्ने गरेको र खाजामा खाद्य स्वच्छता कायम नगरेको भन्दै बुधबार २ लाख रुपैयाँ जरिबाना गरेको हो । त्यस्तै महानगर अनुगमन निरीक्षण अधिकृत नुरनिधि न्यौपानेका अनुसार उपभोक्ताबाट धेरै गुनासो आएपछि खाद्य प्राविधिक […]
धनगढी ।लागूऔषधसहित कैलालीको टीकापुरबाट २ जना किशोरहरु पक्राउ परेका छन्। टीकापुर नगरपालिका वडा नम्बर ९ खग्रौलाको चेक पोष्ट सडक खण्डबाट बर्दियाको राजापुर नगरपालिका–२ बस्ने १९ वर्षीय किशोर चौधरी र १८ वर्षीय अर्का किशोरलाई पक्राउ गरिएको हो। त्यस्तै ९ सय मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
बाँके । चट्याङ लागेर दुई जना महिलाको मृत्यु भएको छ भने एक जना महिला घाइते भएकी छिन् । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा साँझ ६ बजे दुई महिलालाई चट्याङ लागेको हो । चट्याङ लागेर गम्भीर घाइते भएका दुवै जनाको कोहलपुर अस्पतालमा उपचारका क्रम मृत्यु भएको ईलाका प्रहरी […]
काठमाडौँ । पछिल्लो समय देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । त्यस्तै कोशी,मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ ।कोशी,मधेस,बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा […]
काठमाडौं । नक्कली स्मार्ट लाइसेन्स बनाएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुटवल स्थित यातायात कार्यालयका तत्कालिन प्रमुख सहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले जिल्ला अदालतमा लिखत सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको हो । यातायात व्यवस्था कार्यालय बुटवलका […]
दाङ । लमही ट्राफिक प्रहरीले अत्याधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पीड जाँच गर्ने लेजर गन मेसिन) प्रयोग गर्दै कारबाही थालेको छ । दुर्घटनाहरु अधिकांश राजमार्ग सडक खण्डमा तीब्र गतिका कारण हुन थालेपछि दुर्घटना न्यूनिकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गरिएको हो । ‘जिल्लाका राजमार्गहरुमा तीब्र गतिले सवारी दुर्घटना बढदै […]
विराटनगर । विराटनगरमा धारिलो हतियार प्रहार गरि एक युवकको हत्या भएको छ । हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएकाे माेरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । सोमबार राति विराटनगर-२ स्थित नेपाल टेलिकम नजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएको प्रवक्ता बस्नेतले बताए । घाइतेमध्ये कटहरी गाउँपालिका वडा नम्बर १ जमटोकीका २१ वर्षीय करण कामतको […]
दाङ । गुरुकुल एकेडेमी तुलसिपुरमा खाना पकाउने प्रतियोगिता समपन्न भएको छ । उक्त खाना पकाउने प्रतियोगितामा कक्षा ६ देखि ९ सम्मका ४० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । जसमा कक्षा ७ बाट दिपेक्षा बुढाथोकि , कक्षा ६ बाट प्रिन्स थापा र कक्षा ६ बाट जेनिस बिष्टको समुह प्रथम भएको छ । प्रथम हुने समुहले गाँजरको […]
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । देशका धेरैजसो स्थानहरूमा साधरणतया बदली रही कोशी,मधेस,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। त्यस्तै आज दिउँसो देशभर […]