Sidha Patra बुधबार, आषाढ २७, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयको चमेना गृह (क्यान्टिन) लाई कारबाही गरेको छ ।

कार्यालय परिसर भित्रको प्लाजामा रहेको नारायणी चमेना गृहमा बासी खाना बेच्ने गरेको र खाजामा खाद्य स्वच्छता कायम नगरेको भन्दै बुधबार २ लाख रुपैयाँ जरिबाना गरेको हो ।

त्यस्तै महानगर अनुगमन निरीक्षण अधिकृत नुरनिधि न्यौपानेका अनुसार उपभोक्ताबाट धेरै गुनासो आएपछि खाद्य प्राविधिक सहित टोलीले पटक –पटक लिखित निर्देशन दिँदा पनि सुधार नभएपछि जरिबाना गरिएको छ । ‘सोमबार अनुगमन गर्दा क्यान्टिनका कर्मचारीले लगाएको एप्रोन गन्हाउने, फोहोर उस्तै, फ्रिजमा तापक्रम समेत मिलेको थिएन,’ न्यौपानेले भने, ‘फेरि, मंगलबार पनि गएर सुधार गर्न भन्यौं, तर भएन । आज बुधबार जाँदा पनि उस्तै रहेछ । त्यही भएर जरिवाना तिराएका हौं ।’

यस्तै महानगरका एक कर्मचारीले आफ्नै क्यान्टिन हुँदा पनि बाहिर खाजा खान जानुपर्ने स्थिति आएको बताए । ‘त्यही भएर महानगरलाई गुनासो गरेका थियौं । तर, क्यान्टिन चलाउनेले अटेर गरेपछि कारबाही भएको हो,’ उनले भने । काठमाडौं प्लाजाको सबैभन्दा माथिल्लो तल्लामा रहेको नारायणी क्यान्टिनलाई यसअघि २० फागुन २०८० मा पनि ५० हजार जरिबाना गरिएको पालिकाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]