
Lnp
Unsku
pku
Rgp
Sgr
Pbu
Ggp
Srbpu

Ssm
Rsb
Ggd
Gst
Pvg
Ksm
Rgu
Asm
Vor
Wsp
Tsm
Sls
Rgs
Rgu
Hal
Sbs
nsb

Gsb
Bml
Syp
Rpp
Mks
Pls
Ptm
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयको चमेना गृह (क्यान्टिन) लाई कारबाही गरेको छ ।
कार्यालय परिसर भित्रको प्लाजामा रहेको नारायणी चमेना गृहमा बासी खाना बेच्ने गरेको र खाजामा खाद्य स्वच्छता कायम नगरेको भन्दै बुधबार २ लाख रुपैयाँ जरिबाना गरेको हो ।
त्यस्तै महानगर अनुगमन निरीक्षण अधिकृत नुरनिधि न्यौपानेका अनुसार उपभोक्ताबाट धेरै गुनासो आएपछि खाद्य प्राविधिक सहित टोलीले पटक –पटक लिखित निर्देशन दिँदा पनि सुधार नभएपछि जरिबाना गरिएको छ । ‘सोमबार अनुगमन गर्दा क्यान्टिनका कर्मचारीले लगाएको एप्रोन गन्हाउने, फोहोर उस्तै, फ्रिजमा तापक्रम समेत मिलेको थिएन,’ न्यौपानेले भने, ‘फेरि, मंगलबार पनि गएर सुधार गर्न भन्यौं, तर भएन । आज बुधबार जाँदा पनि उस्तै रहेछ । त्यही भएर जरिवाना तिराएका हौं ।’
यस्तै महानगरका एक कर्मचारीले आफ्नै क्यान्टिन हुँदा पनि बाहिर खाजा खान जानुपर्ने स्थिति आएको बताए । ‘त्यही भएर महानगरलाई गुनासो गरेका थियौं । तर, क्यान्टिन चलाउनेले अटेर गरेपछि कारबाही भएको हो,’ उनले भने । काठमाडौं प्लाजाको सबैभन्दा माथिल्लो तल्लामा रहेको नारायणी क्यान्टिनलाई यसअघि २० फागुन २०८० मा पनि ५० हजार जरिबाना गरिएको पालिकाले जनाएको छ ।
