
Sgr
Srbpu
Unsku
Lnp
Ggp
pku
Rgp
Pbu

nsb
Rgs
Tsm
Asm
Ggd
Ksm
Sbs
Sls
Gst
Ssm
Pvg
Vor
Hal
Rgu
Rsb
Rgu
Wsp

Pls
Syp
Gsb
Rpp
Bml
Mks
Ptm
दाङ । लमही ट्राफिक प्रहरीले अत्याधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पीड जाँच गर्ने लेजर गन मेसिन) प्रयोग गर्दै कारबाही थालेको छ ।
दुर्घटनाहरु अधिकांश राजमार्ग सडक खण्डमा तीब्र गतिका कारण हुन थालेपछि दुर्घटना न्यूनिकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गरिएको हो । ‘जिल्लाका राजमार्गहरुमा तीब्र गतिले सवारी दुर्घटना बढदै गईरहेकोमा त्यस प्रकारका सवारी दुर्घटना न्यूनिकरण गर्न यो अभियान सुरु गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।
पहलो दिन आज २१ वटा सवारीसाधन कारबाहीमा परेका छन । राजमार्गमा गुडेका ६० किलोमिटर प्रति घण्टाभन्दा बढी हाँक्ने सवारीलाई कारबाही गरिएको छ । दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा सहित अहिले महेन्द राजमार्ग सडक खन्डमा अभियान केन्द्रित राखिएको प्रमुख भुसालले भने । हामीले प्रयोगमा ल्याएको राडर गन विशेष किसिमको अत्याधुनिक छ । यसले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल संकेत दिने र ३ सय मिटरमा आएपछि गति मापन गर्छ । त्यस्तो गाडी तीब्र गति छ भने सय मिटरको दुरीमा आएपछि नम्बर सहितको सवारीसाधनको फोटो खिचिने प्रमुख भुसालले बताए ।
त्यस्तै मेसिनकै सहायताले ओभर स्पीडका त्यस्ता सवारीसाधन रोकेर सम्झाई बुझाई गरी कारबाहीको दायरामा परेका छन । कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अंक देखाउँछ र तस्बिर पनि खिच्ने भएकोले तत्काल स-प्रमाणसहितको चिट दिई कारबाही गर्न पनि सहज भएको प्रमुख भुसालले बताए । राडर गनले सवारीको गति नापेर हेर्दा तीब्र गतिमा अधिकांश निजी कारहरु रहेका छन भने भाडाका बस,मोटरसाइकल र स्कुल बस पनि कारवाहीमा परेको प्रहरी प्रमुख भुसालले जानकारी दिए ।
