
Sgr
Srbpu
Pbu
Unsku
pku
Lnp
Ggp
Rgp

Rgu
Vor
Tsm
nsb
Rgs
Ssm
Pvg
Sls
Rgu
Ksm
Gst
Hal
Wsp
Sbs
Asm
Rsb
Ggd

Syp
Ptm
Rpp
Gsb
Mks
Bml
Pls
बाँके । चट्याङ लागेर दुई जना महिलाको मृत्यु भएको छ भने एक जना महिला घाइते भएकी छिन् । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा साँझ ६ बजे दुई महिलालाई चट्याङ लागेको हो ।
चट्याङ लागेर गम्भीर घाइते भएका दुवै जनाको कोहलपुर अस्पतालमा उपचारका क्रम मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।
त्यस्तै मृत्यु हुनेमा राप्ती साेनारी गाउँपालिकाकि ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्याय रहेका छन् । गम्भीर घाइते दुवैको उपचारका क्रममा ज्यान गएको थियो । चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छिन् । उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
