
Ggp
Sgr
pku
Rgp
Pbu
Unsku
Srbpu
Lnp

Vor
nsb
Pvg
Rsb
Wsp
Rgs
Hal
Sbs
Ggd
Rgu
Gst
Rgu
Tsm
Ksm
Ssm
Asm
Sls

Mks
Gsb
Pls
Syp
Bml
Ptm
Rpp
विराटनगर । विराटनगरमा धारिलो हतियार प्रहार गरि एक युवकको हत्या भएको छ । हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएकाे माेरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
सोमबार राति विराटनगर-२ स्थित नेपाल टेलिकम नजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएको प्रवक्ता बस्नेतले बताए । घाइतेमध्ये कटहरी गाउँपालिका वडा नम्बर १ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । उनीहरूको अहिले उपचार भईरहेको छ ।
