आज माघ शुक्ल पञ्चमी,वसन्त श्रवण-सरस्वती पूजाआराधना गरि मनाइदै

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना सहित आज वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७: ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम […]

लुम्बिनी प्रदेश स्थापना दिवस उत्सवको रुपमा भव्य साथ मनाइदै,आज सार्वजनिक बिदा

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउँदै छ । माघ २१ गते आज प्रदेश सरकारले आठौं स्थापना दिवस मनाउन थालेको हो । प्रदेश सभा सचिवालय परिसरमा मुल समारोहको आयोजना गरिदै छ । प्रदेश प्रमुखको बिशेष उपस्थितीमा मुल समारोह आयोजना गर्न थालिएको हो । बाजागाजा सहितको झाँकी प्रदर्शन, विभिन्न मन्त्रालयहरुका स्टलहरु समेत […]

झापाको दमकमा प्रदर्शनकारी र प्रहरीबीच झडप, ८ जना पक्राउ

काठमाडौँ । झापाको दमक नगरपालिका वडा नम्बर –५ स्थित गणतान्त्रिक चोकमा झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न नहुने भन्दै प्रदर्शनमा उत्रिएका समूह र प्रहरीको बिचमा झडप भएको हो । त्यस्तै प्रहरीले लाठीचार्ज गरेर एक राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । झडपमा सहभागी ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी […]

प्रेस चौतारी दाङको अध्यक्षमा सुधासुमन ढकाल चयन

दाङ । प्रेस चौतारी नेपाल दाङको अध्यक्षमा सुधासुमन ढकाललाई चयन गरिएको छ । शनिवार घोराहीमा सम्पन्न जिल्ला शाखा दाङको १० औँ अधिवेशनबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । जसको खुला उपाध्यक्षमा विमल योगी, महिला उपाध्यक्षमा लक्ष्मी पोख्रेल, सचिवमा निमुसंगम घर्ति, सहसचिवमा सन्तोष खनाल, समावेशी सहसचिवमा भ्यूमान पुन मगर, कोषाध्यक्षमा चन्द्रप्रकाश नेपालीलाई चयन गरिएको […]

हुन्डीको १६ लाख बढी नगद रकम सहित २ जना पक्राउ

रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले हुन्डीको १६ लाख बढी रकम सहित २ जनालाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा राजपुर नगरपालिका वडा नम्बर ४ का वर्ष ४० का शिव मङ्गल साह र वर्ष २३ का प्रवेज आलम रहेको सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा गणका प्रमुख एसपी विक्रम हुमागाईँले जानकारी दिए […]

कञ्चनपुरको भीमदत्त नगरपालिकाका काँग्रेस सभापति कलौनी मृत फेला

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत फेला परेका छन् । भीमदत्त नगरपालिका वडा नम्बर–१८ वडा कार्यालय नजिक उनको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले शनिवार बिहान कलौनीको शव फेला परेको बताए । सडक पेटीमा उनी घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन् । […]

कार्यक्रममा स्वागत मन्तव्य दिएर ओर्लिएका वडाध्यक्ष मियाँको हृदयाघातबाट मृत्यु

चितवन । राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट ओर्लिएका पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर – १ का वडाध्यक्ष मियाँको हृदया घातका कारण मृत्यु भएको छ । राष्ट्रिय युवा संघ पूर्वी नवलपरासीको सहसचिव समेत रहेका वडाध्यक्ष तवारक अहमद मियाँको ज्यान गएको हो । राष्ट्रिय युवा संघ नवलपुरले गैँडाकोटस्थित श्रीराम पार्टी प्यालेसमा गरेको […]

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल,डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र बाह्यतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढाएको […]

डोनाल्ड ट्रम्पको निर्णयःआजदेखि क्यानडा,मेक्सिको र चीनलाई कर लगाइने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारदेखि मेक्सिको, क्यानडा र चीनलाई कर लगाउने निर्णय गरेका छन्। ह्वाइट हाउसका अनुसार मेक्सिकोलाई २५ प्रतिशत, क्यानडालाई २५ प्रतिशत र चीनलाई १० प्रतिशत भन्सार लगाइनेछ । राष्ट्रपति ट्रम्पले केही समयदेखि कर लगाउने विषयमा निरन्तर आफ्नो विचार राखिरहेका थिए। त्यस्तै मेक्सिको, क्यानडा र चीनमा कर लगाएपछि ट्रम्पले भविष्यमा युरोपेली संघमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]