
Csbg-7
Gsbr-6
Jsbr-3
Msbg-2
Pbu
Usbl-7
Gsbg-3
Rksr-7
Jsbg-7
ksbl-7


काठमाडौँ । झापाको दमक नगरपालिका वडा नम्बर –५ स्थित गणतान्त्रिक चोकमा झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न नहुने भन्दै प्रदर्शनमा उत्रिएका समूह र प्रहरीको बिचमा झडप भएको हो ।
त्यस्तै प्रहरीले लाठीचार्ज गरेर एक राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । झडपमा सहभागी ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले बताए । केवलकार निर्माण गर्ने निर्णय खारेजीको माग गर्दै स्थानीयहरुले प्रदर्शन गरेका थिए ।
