Sidha Patra आइतबार, माघ २०, २०८१

दाङ । प्रेस चौतारी नेपाल दाङको अध्यक्षमा सुधासुमन ढकाललाई चयन गरिएको छ ।

शनिवार घोराहीमा सम्पन्न जिल्ला शाखा दाङको १० औँ अधिवेशनबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । जसको खुला उपाध्यक्षमा विमल योगी, महिला उपाध्यक्षमा लक्ष्मी पोख्रेल, सचिवमा निमुसंगम घर्ति, सहसचिवमा सन्तोष खनाल, समावेशी सहसचिवमा भ्यूमान पुन मगर, कोषाध्यक्षमा चन्द्रप्रकाश नेपालीलाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरूमा महेश बस्नेत, सुशील परियार, चेतन ओली, दीपक ओली, रामप्रसाद सुवेदी, कपिल लामिछाने, अनुप आचार्य, कैलाश घर्ती मगर, अभिषेक डाँगी, हिमाल विश्वकर्मा, अशोक नेपाली, अरुण नेपाली, सुरक्षा चौधरी, निशा कुमारी चौधरी, दीपक चौधरी, प्रेमकुमारी बुढा, हिमाल खड्का, शैलेश अधिकारी, रमा नेपाली र राजकुमार विश्वकर्मालाई चयन गरिएको छ ।

यस्तै प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सबिन प्रियासनको प्रमुख अतिथ्यमा दशौं अधिवेशन सम्पन्न गरिएको थियो । अधिवेशनको उद्घाटन सत्रको प्रमुख वक्ताका रुपमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी रहेका थिए ।

उपाध्यक्ष सुधासुमन ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव किरण गौतमले गरेका थिए । कार्यक्रममा प्रेस चौतारी प्रतिभा पुरस्कारबाट पत्रकार दीपक जीएम र प्रेमकुमारी बुढालाई सम्मान गरिएको थियो । यस्तै भुवन देवकोटालाई अविराम सम्मान गरिएको छ । विभिन्न सहयोगी संस्थाहरुलाई सम्मान गरिएको थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]