दाङ । नयाँ पाइला पुनःस्थापना केन्द्रले आफ्नो १० औं वार्षिकोत्सब कार्यक्रम सोमबार एक कार्यक्रमका बीच मनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडीमेमा रहेको संस्थाले हाडीमेमै एक कार्यक्रमको आयोजना गरी दशौँ वार्षिकोत्सब मनाएको हो ।
वार्षिकोत्सबको अवसरमा संस्थाका कार्यकारी निर्देशक सुरेश भुषालले अहिलेसम्म १ हजार ४ सय बढीलाई उपचार गरिसकेको बताए । उनले दुर्व्यसन न्यूनिकरणका लागि समाजमा पनि सचेतना दिने काम गरिरहेको बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार सुनिल पोखरेल, मनोपरामर्शविद शैलेश शर्मा,सल्लाहकार सुमन पोखरेल, जीतसागर जी.एम लगायतले लागूऔषध दुर्व्यसनबाट मुक्त बनाएर नयाँ जीवन प्रदान गर्न संस्थाले खेलेको भुमिकाको प्रसंसा गरेका थिए ।
त्यस्तै कार्यक्रमको सहजीकरण संस्थाका प्रेस सल्लाहकार गोकर्ण पौडेलले गरेका थिए।