सल्यानमा मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

सल्यान । दमाचौर–गुँरासे–झ्याम सडक खण्डमा मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो राति भएको दुर्घटनामा गंगादेव गाउँपालिका वडा नम्बर–३, झारमङ्ग्रा, रोल्पाका ३४ वर्षीय चालक हरि चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । त्यस्तै प्रहरीका अनुसार मिनि ट्रक सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न […]

राप्ती गाउँपालिकाद्वारा प्रमुख प्रशासकीय अधिकृत वलीकाे बिदाई

दाङ । देउखुरीकाे राप्ती गाउँपालिकाले नेपाल सरकारको उपसचिवमा बढुवा भई जान लागेका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वलीलाई साेमबार एक कार्यक्रमकाे आयोजना गरि बिदाई गरेकोे छ । करिब अढाई वर्ष बढी पालिकाको प्रमुख प्रशासकीय अधिकृतको पदमा रहनु भएका वलीकाे पालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैधरी, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु र कर्मचारीहरूले टीका,फूलमाला तथा सम्मानपत्र […]

सामुदायिक वन महासंघ लुम्बिनी प्रदेशद्वारा कर खारेजीकाे माग गर्दै आन्दोलनको घोषणा

दाङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशले कर खारेजीकाे माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । सामुदायिक वन समूहमा लुम्बिनी प्रदेश सरकारले लगाएको कर खारेजीको माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशले फागुन १८ गते देखि चरणबद्ध निर्णायक आन्दोलनको घोषणा गरेको हो । महासंघले आज आइतबार प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा […]

लुम्बिनी प्रदेशलाई आगामी वर्ष सडक आश्रित मानव मुक्त प्रदेश घोषणाको तयारी

दाङ । लुम्बिनी प्रदेशलाई आगामी आर्थिक वर्ष सडक आश्रित मानव मुक्त घोषणा गर्ने तयारी गरिएको छ । चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख छ । अब आगामी वर्ष वार्षिक बजेट तथा कार्यक्रममा सुनिश्चित गरी लुम्बिनी प्रदेशलाई सडक आश्रित मानव मुक्त प्रदेश बनाउनेगरी प्रदेश सरकार अघि […]

स्वर्गद्वारी गृहणी महिला आधारभूत विद्यालयको १९ औँ वार्षिकउत्सव कार्यक्रम सम्पन्न

दाङ । राप्ती गाउँपालिका वडा नम्बर-१, भालुवाङ पुलचोकस्थित श्री स्वर्गद्वारी प्राथमिक विद्यालय तथा गृहणी महिला आधारभूत विद्यालयको १९ औँ वार्षिकउत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले ब्यानर पढेर उद्घाटन गरेका थिए । उनले विद्यालयले यस क्षेत्रका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न गरेको मेहनतको प्रशंसा गर्दै,विद्यालयमा […]

मसुरीयामा मोटरसाइकलको ठक्करबाट घाइते चाैधरीको उपचारका क्रममा मृत्यु

दाङ । देउखुरीकाे मसुरियामा माेटरसाईकलकाे ठक्करबाट घाइते भएका एक बृद्धाको उपचारका क्रममा मृत्यु भएकाे छ । राप्ती गाउँपालिका वडा नम्बर-३ मसुरीया निवासी ६५ वर्षिय कहलु चाैधरीको आज विहान बुटवल स्थित लुम्बिनी सिटी हस्पिटलमा उपचारका क्रममा विहान ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक अमरबहादुर माझीले जानकारी दिए । गत बिहीबार […]

गोरखा स्कुल लमहीद्वारा शिकाई मेला तथा विद्यार्थी कक्षागत प्रस्तुति कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलले गत आइतबार शिकाई मेला तथा विद्यार्थी कक्षागत प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ ।विद्यालयका प्रिन्सिपल लोकमान रिजालको अध्यक्षता तथा जिल्ला शिक्षा दाङका समन्वय इकाईका प्रमुख देवमणी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले विद्यालयले राखेको एसकिसिमको स-साना,नानी-बाबुको शिकाई क्रीयाकलाप मेला धेरै सराहनीय भएको र एसले […]

प्यूठानमा घरभित्रै दम्पती हत्या प्रकरणको घटनामा भतिजा पक्राउ

प्युठान । प्यूठानमा घरभित्रै मृत भेटिएका दम्पतीको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृत्तकका भतिजालाई पक्राउ गरेको छ । माण्डवी गाउँपालिका वडा नम्बर–२ रातमाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नै घरभित्र मृत भेटिएका थिए । उनीहरूको हत्या आरोपमा प्रहरीले भतिजा नाता पर्ने ३४ वर्षीय पंकज नेपालीलाई पक्राउ […]

लमही -८ सतबरियामा २/३ महिने बेसिक तथा डिप्लोमा कम्प्युटर तालिम उद्घाटन

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ सतबरियामा २/३ महिने बेसिक तथा डिप्लोमा कम्प्युटर तालिम उद्घाटन भएको छ । लमही -८ को वडा कार्यालयले आयोजना गरेको उक्त तालिमको वडा अध्यक्ष उमेश खड्काले आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । आर्थिक वर्ष २०८१/०८२ को बजेट मार्फत विनियोजित कुल ७ लाख बजेटमा सो कम्प्युटर तालिमको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]