Sidha Patra सोमबार, फाल्गुण १२, २०८१

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८
सतबरियामा २/३ महिने बेसिक तथा डिप्लोमा कम्प्युटर तालिम उद्घाटन भएको छ ।

लमही -८ को वडा कार्यालयले आयोजना गरेको उक्त तालिमको वडा अध्यक्ष उमेश खड्काले आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । आर्थिक वर्ष २०८१/०८२ को बजेट मार्फत विनियोजित कुल ७ लाख बजेटमा सो कम्प्युटर तालिमको उद्घाटन गरिएको हो ।

वडा कार्यालयको आयोजना तथा द मास कम्युनिकेसन कम्प्युटर इनिस्च्युटको समन्वयमा संचालन ल्याइएको तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष खड्काले आफु निर्वाचित भएर आइसकेपछि गरिब दुखिका बालबच्चा जस्ले कम्प्युटर तालिम लिने इच्छा हुँदाहुँदै पनि सो तालिम नपाएर निराश भएर बसेकाहरुलाई वडाबाट पहिचान गरी यो तालिमको ब्यवस्था गरेर संचालनमा ल्याइएको बताएका छन् ।आजको एक्काइसौं शताब्दीको युग भनेको पढाई संगै कम्प्युटर तालिमको अत्यन्तै महत्त्व रहेको हुँदा पुरानो सिस्टमलाइ हटाएर कम्प्युटर तालिम प्रदान गर्न लागिएको वडा अध्यक्ष खड्काले बताए । पहिलेका जनप्रतिनिधिहरुले ढकिया, टपरी जस्ता तालिम दिने गरेको थियो भने आफु आइसकेपछि अहिलेको आवश्यकतालाई मध्यनजर गरेर कम्प्युटर शिक्षा प्रदान गर्न लागेको बताए । उनले तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तन,मन लगाएर तालिम सिक्न आग्रह गरे ।

त्यस्तै तालिममा बेसिक कोर्स तर्फ १४० जना र डिप्लोमा तर्फ १०० जना गरि २४० जना प्रशिक्षार्थीहरु सहभागी रहेका छन् । उनिहरुलाई २५ जनाको सेक्सन बनाएर बेसिकका लागि दुइ महिना र डिप्लोमा कक्षाका लागि ३ महिना सिकाइने वडा कार्यालयले जनाएको छ । तालिमको प्रमुख प्रशिक्षकमा प्रकाश चौधरी रहेका छन् । वडा कार्यालयले गत वर्ष १३० जना विद्यार्थीलाई कम्प्युटर तालिम प्रदान गरेको थियो ।

वडा अध्यक्ष उमेश खड्काको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा दलित महिला सदस्य देबा परियारले तालिमको सफलताको शुभकामना दिइएकि थिइन् । तालिमको उद्घाटन कार्यक्रममा वडा सदस्य लुमा कुमरी भरारीको आतिथ्यता रहेको कार्यक्रमको संचालन वडामा कार्यरत कर्मचारी विष्णु बस्नेतले गरेकि थिइन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]