
Jsbg-7
Gsbr-6
ksbl-7
Csbg-7
Usbl-7
Msbg-2
Jsbr-3
Rksr-7
Gsbg-3
Pbu


दाङ । जलवायूले पारेको प्रतिकूल असरलाई न्यूनीकरण गर्न वन तथा वातावरण र जैबिक विविधता संरक्षणमा जोड दिनुपर्ने सोमबार देउखुरीको गढवामा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
गढवा र राजपुर गाउँपालिकाका ६५ वटा सामुदायिक वन समूहहरुसंग साझेदारीमा काम गरिरहेको वन तथा वातावरण संरक्षण समन्वय समितिको १६ औं बार्षिक साधारणसभामा बोल्ने अधिकांश बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् ।
संरक्षण समन्वय समिति गढवाका अध्यक्ष पुष्पा यादवको अध्यक्षता र तराई भूपरिधि कार्यक्रम (ताल) का प्रबन्धक राजकिशोर यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथी यादवले बढ्दो जलवायु परिवर्तनलाई अनूकूलन गर्न सबै सामुदायिक वन समूहहरुको योगदान रहनुपर्ने बताए । वन,वातावरण र जैविक विविधाताको संरक्षण भएन भने जलवायु परिवर्तनले भविश्का दिनहरुमा बिकराल रुप लिनसक्ने भन्दै यसको न्यूनीकरणमा मानव जगत जुर्मुराउन आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ओंमप्रकाश यादव, रेडक्रस गढवाका सभापति तथा वन वातावरण संस्थाका संस्थापक अध्यक्ष उमाकान्त पन्त, संस्थापक सचिव लालबहादुर भण्डारी, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेल,चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी,देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठक,चुरे सहकारीका अध्यक्ष हेमन्त चौधरी लगायतले वन वातावरण र जैविक विविधताको संरक्षण गर्न र जलवायू परिवर्तबाट सिर्जना भएको प्रतिकूलतालाई न्यूनीकरण गर्न जोड दिएका थिए ।
सो अवसरमा संरक्षणको क्षेत्रमा विविध कोणबाट योगदान दिने वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाका संस्थापक सचिव लालबहादुर भण्डारी,लामो समय कोषाध्यक्ष रहेर काम गरेका ओंम प्रकाश यादव र पत्रकारीता क्षेत्रबाट योगदान गर्ने रेडियो साझा आवजका प्रबन्धक दुखहरण यादव तथा वन हेरालु तुलबहादुर ओलीलाई सम्मान गरिएको थियो ।
त्यस्तै कार्यक्रमका अवसरमा कोषाध्यक्ष दुखहरण यादवले आर्थीक प्रतिवेदन तथा अध्यक्ष पुष्पा यादवले संस्थागत प्रतिवेदन प्रस्तुत गरेकि थिइन् । संस्थाका उपाध्यक्ष रमेश न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका कोषाध्यक्ष दुखहरण यादवले गरेका थिए ।
