
gms
Nssbus7
Gsl
dsbus
Amb
Gsbus
Pbu
Csbus
Ssbus
Ratbs
Ddhbs
Jsbus
Rbs
Bksbus5

Wsp
Gst
Rgu
Rgs
Bbbpu
Sls
Ggd
Pvg
Sbs
Tsm
Rsb
Hal
Bbu
nsb
Asm
Rgu
Vor
Ksm
Ssm

Syp
Jmb
Pls
Ptm
Jmb
Gsb
Rmb
Bml
Rpp
sab
Mks
bbt
Abd
दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलले गत आइतबार शिकाई मेला तथा विद्यार्थी कक्षागत प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयका प्रिन्सिपल लोकमान रिजालको अध्यक्षता तथा जिल्ला शिक्षा दाङका समन्वय इकाईका प्रमुख देवमणी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले विद्यालयले राखेको एसकिसिमको स-साना,नानी-बाबुको शिकाई क्रीयाकलाप मेला धेरै सराहनीय भएको र एसले अभिभावकमा बालबालिकाको पढाई सम्बन्धि ज्ञान थपेको बताएका छन् ।
त्यस्तै उनले यस्तो क्रीयाकलाप सामुदायिक विद्यालयसंग मिलेर गर्दा समग्र सबै विद्यालयको उन्नती हुने साथै अहिलेको समय भनेको विद्यालय विद्यार्थी तथा अभिभावक मिलि शिकाई वातावरण तयार गर्ने युग रहेको र कार्यक्रमले सो कुरामा जोड दिएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत बालबालिकाको कक्षामा पठनपाठन के-कसरी भैरहेको छ भन्ने बारे अभिभावकको अगाडी बालबालिका स्वयमलाई प्रस्तुति गर्न लगाइएको थियो ।
लावण्य इन्टरनेसनल ट्रेनिङ सेन्टरका पूजा शाहले अभिमुखिकरण गरेकि थिइन । शाहले विगत १४ वर्षदेखि प्रशिक्षण दिदै आएकी छिन् । सो कार्यक्रममा ९ सय ७३ जना बालबालिकाले आफ्नो प्रस्तुति देखाएका थिए ।
विद्यालयले यस्तो कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको विद्यालयका प्राचार्य लोकमान रिजालले जानकारी दिए । प्राचार्य रिजालले विद्यालयको शैक्षिक गुणस्तर बढाउन शैक्षिक मेला आयोजना गरिएको बताउदै शैक्षिक मेलाले बालबालिकाको पढ्ने बानीकोविकास गरी शैक्षिक गुणस्तर वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास जागृत भएको बताए ।
स्थापना कालदेखि गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले गुणस्तरीय शिक्षा सुदृढीकरण गर्न बालबालिकाका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको प्रिन्सिपल रिजालले बताए । उनले स्थानीय स्तरमा शिक्षकले निर्माण गरिरहेका शैक्षिक सामग्री र त्यसको प्रयोगसहित अभिभावकको पनि संलग्नता शिक्षण सिकाइ क्रियाकलापमा हुनुपर्छ भन्ने सन्देश दिन मेला आयोजना गरिएको बताए । यस्ता कार्यक्रमले शिक्षक र विद्यार्थीका शिक्षण सिकाइ क्रियाकलाप वृद्धि हुने र बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गराउन,जगैदेखि सिकाइ उपलब्धि बढाउन सकियो भने विद्यार्थीको सीप वृद्धि हुने भएकाले यस्तो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल रिजालले बताए ।
अन्य विद्यालयले गुणस्तरीय शिक्षा दिन नसक्ने र घर घरमा पुगेर अभिभावकहरूसंग अनावश्यक हामीले यो त्यो सेवा दिएका छौँ भन्दै भ्रम छरेर बच्चाहरु माग्ने चलन व्यापक भैरहेको हुँदा त्यस्ता भ्रमहरुमा नपर्न कार्यक्रममा सहभागी सम्पूर्ण अभिभावकहरुलाई प्रिन्सिपल रिलिजले आग्रह गरे ।
कार्यक्रमको विषयवस्तुका बारेमा विद्यालयका प्रिन्सिपल रिलिजले जानकारी गराउदै सबै उपस्थितिलाई स्वागत गरेका थिए भने कार्यक्रमको संचालन शिक्षिका शिला रिजाल र दिप्ती शर्माले संयुक्तरुपमा गरेका थिए ।
