Sidha Patra सोमबार, फाल्गुण १२, २०८१

दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलले गत आइतबार शिकाई मेला तथा विद्यार्थी कक्षागत प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ ।विद्यालयका प्रिन्सिपल लोकमान रिजालको अध्यक्षता तथा जिल्ला शिक्षा दाङका समन्वय इकाईका प्रमुख देवमणी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले विद्यालयले राखेको एसकिसिमको स-साना,नानी-बाबुको शिकाई क्रीयाकलाप मेला धेरै सराहनीय भएको र एसले अभिभावकमा बालबालिकाको पढाई सम्बन्धि ज्ञान थपेको बताएका छन् ।

त्यस्तै उनले यस्तो क्रीयाकलाप सामुदायिक विद्यालयसंग मिलेर गर्दा समग्र सबै विद्यालयको उन्नती हुने साथै अहिलेको समय भनेको विद्यालय विद्यार्थी तथा अभिभावक मिलि शिकाई वातावरण तयार गर्ने युग रहेको र कार्यक्रमले सो कुरामा जोड दिएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत बालबालिकाको कक्षामा पठनपाठन के-कसरी भैरहेको छ भन्ने बारे अभिभावकको अगाडी बालबालिका स्वयमलाई प्रस्तुति गर्न लगाइएको थियो ।

लावण्य इन्टरनेसनल ट्रेनिङ सेन्टरका पूजा शाहले अभिमुखिकरण गरेकि थिइन । शाहले विगत १४ वर्षदेखि प्रशिक्षण दिदै आएकी छिन् । सो कार्यक्रममा ९ सय ७३ जना बालबालिकाले आफ्नो प्रस्तुति देखाएका थिए ।

विद्यालयले यस्तो कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको विद्यालयका प्राचार्य लोकमान रिजालले जानकारी दिए । प्राचार्य रिजालले विद्यालयको शैक्षिक गुणस्तर बढाउन शैक्षिक मेला आयोजना गरिएको बताउदै शैक्षिक मेलाले बालबालिकाको पढ्ने बानीकोविकास गरी शैक्षिक गुणस्तर वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास जागृत भएको बताए ।

स्थापना कालदेखि गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले गुणस्तरीय शिक्षा सुदृढीकरण गर्न बालबालिकाका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको प्रिन्सिपल रिजालले बताए । उनले स्थानीय स्तरमा शिक्षकले निर्माण गरिरहेका शैक्षिक सामग्री र त्यसको प्रयोगसहित अभिभावकको पनि संलग्नता शिक्षण सिकाइ क्रियाकलापमा हुनुपर्छ भन्ने सन्देश दिन मेला आयोजना गरिएको बताए । यस्ता कार्यक्रमले शिक्षक र विद्यार्थीका शिक्षण सिकाइ क्रियाकलाप वृद्धि हुने र बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गराउन,जगैदेखि सिकाइ उपलब्धि बढाउन सकियो भने विद्यार्थीको सीप वृद्धि हुने भएकाले यस्तो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल रिजालले बताए ।अन्य विद्यालयले गुणस्तरीय शिक्षा दिन नसक्ने र घर घरमा पुगेर अभिभावकहरूसंग अनावश्यक हामीले यो त्यो सेवा दिएका छौँ भन्दै भ्रम छरेर बच्चाहरु माग्ने चलन व्यापक भैरहेको हुँदा त्यस्ता भ्रमहरुमा नपर्न कार्यक्रममा सहभागी सम्पूर्ण अभिभावकहरुलाई प्रिन्सिपल रिलिजले आग्रह गरे ।

कार्यक्रमको विषयवस्तुका बारेमा विद्यालयका प्रिन्सिपल रिलिजले जानकारी गराउदै सबै उपस्थितिलाई स्वागत गरेका थिए भने कार्यक्रमको संचालन शिक्षिका शिला रिजाल र दिप्ती शर्माले संयुक्तरुपमा गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]