
Gsbg-3
Gsbr-6
Usbl-7
Rksr-7
Jsbg-7
Pbu
ksbl-7
Jsbr-3
Msbg-2
Csbg-7


सल्यान । दमाचौर–गुँरासे–झ्याम सडक खण्डमा मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
हिजो राति भएको दुर्घटनामा गंगादेव गाउँपालिका वडा नम्बर–३, झारमङ्ग्रा, रोल्पाका ३४ वर्षीय चालक हरि चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
त्यस्तै प्रहरीका अनुसार मिनि ट्रक सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न नसके पनि प्रारम्भिक अनुसन्धान अनुसार सवारीको गति र सडकको अवस्था सम्भावित कारण हुनसक्ने अनुमान गरिएको छ ।
यस्तै स्थानीयवासी र प्रहरीको सहयोगमा शवलाई उद्धार गरी पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । सल्यान छत्रेश्वरी गाउपालिका वडा नम्बर– १ फारुलेबोटस्थित रोल्पा झ्यामबाट दमाचौर आउदै गरेको रा.१क. ५३० नम्बरको खालि मिनि ट्रक रोड बाट अन्दाजी ५० मिटर तल खसेको थियो ।
