
Gsbr-6
ksbl-7
Jsbr-3
Pbu
Jsbg-7
Msbg-2
Csbg-7
Usbl-7
Gsbg-3
Rksr-7


दाङ । तुलसीपुरको एक कृत्रिम तालमा शनिबार पाैडी खेल्ने क्रममा डुबेर रोल्पाका एक किशाेरकाे मृत्यु भएको छ ।
आज मध्याह्न तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८,स्थित अम्वा खाेली सामुदायिक वन क्षेत्रमा निर्माण गरिएकाे कृत्रिम तालमा साथीहरुसँग पाैडी खेल्ने क्रममा रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ९,सिस्नेरी स्थायी घर भई हाल तुलसिपुरमा अध्ययनका लागि अस्थायी बसाेबास गर्दै आईरहेका १६ वर्षीय भुपेन्द्र बिककाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालयल तुलसिपुरले जनाएकाे छ ।
त्यस्तै मृतक बिककाे शब पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल तुलसीपुर लगिएकाे ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।
