
Rksr-7
Gsbr-6
ksbl-7
Msbg-2
Jsbr-3
Csbg-7
Gsbg-3
Jsbg-7
Usbl-7
Pbu


दाङ । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले इलाका प्रहरी कार्यालय भालुवाङमा हालै सरूवा भई आएका प्रहरी निरीक्षक पुस्करसिंह ऐरीलाई स्वागत गरेका छन् ।
बुधवार गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा उनले ऐरीको आगमनले गाउँपालिकाको शान्ति सुरक्षा थप सुदृढ हुने विश्वास व्यक्त गरे । अध्यक्ष विष्टले भने, “प्रहरी संगठन राष्ट्र र जनताको सुरक्षाको आधारस्तम्भ हो । प्रहरी जनतामैत्री, पारदर्शी र प्रभावकारी सेवा प्रवाहमा उदाहरणीय बन्नुपर्छ।” उनले कानूनको कडाइका साथ पालना गर्न आग्रह गर्दै मानवीय संवेदनालाई कहिल्यै नबिर्सन सुझाव दिए।
“जनताको विश्वास जित्ने व्यवहार गर्नुहोस्,” उनले भने, “प्रहरी जनताको साथी हो भन्ने अनुभूति सबैमा हुनुपर्छ।” महिला, बालबालिका, वृद्धवृद्धाको सुरक्षामा अझ चनाखो हुनुपर्नेमा अध्यक्ष विष्टले जोड दिए । उनले प्रहरी र पालिकाबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै समृद्ध र सुरक्षित राप्ती निर्माणमा हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उनले निरीक्षक ऐरीलाई सफल कार्यकालको शुभकामना पनि दिए ।
स्वागतपछि प्रहरी निरीक्षक ऐरीले आफू समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए । उनले स्थानीय तहसँग सहकार्य गर्दै शान्ति सुरक्षालाई मजबुत बनाउने लक्ष्यका साथ अघि बढ्ने बताए । कार्यक्रममा पालिका पदाधिकारी,कर्मचारी, सुरक्षाकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
