ओमप्रकाश गुप्ता शनिबार, बैशाख २७, २०८२

दाङ । देउखुरीमा बिदाको दिन सरकारी गाडीको दुरुपयोग रोक्न राप्ती प्रेस मञ्चले सडक रिपोर्टिङ कार्य शनिबार आजदेखि सुरु गरेको छ ।

लुम्बिनी प्रदेशको राजधानी स्थल राप्ती उपत्यका देउखुरीमा क्रियाशिल पत्रकारहरुको छाता संस्था राप्ती प्रेस मञ्चले सार्वजनिक बिदाको दिन हुने सरकारी गाडीको दुरुपयोग रोक्न सडक रिपोर्टिङ सुरु गरेको हो ।

मञ्चले जिल्ला प्रशासन कार्यालय दाङको समन्वय तथा ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङको बिशेष सहयोगमा शनिबार सरकारी गाडी चेकचाँच गर्नेदेखि नियन्त्रणमा लिनेसम्मको कार्य सम्पन्न भएको छ । अभियानको पहिलो दिन मञ्चले भालुवाङ, पुल्चोक बजारमा ट्राफिक प्रहरी र नेपाल प्रहरीको सहयोगमा सरकारी गाडीहरुको निगरानी गरेको छ ।

सार्वजनिक बिदाका दिन सरकारी गाडीले सम्बन्धित निकायमा अनुमति लिए,नलिएको कागजपत्र सहितको चेक जाँच गरिएको थियो । जस मध्ये एउटा मन्त्रालय र एउटा यातायात कार्यालय सहित ५ वटा सवारीसाधनहरुले बिना अनुमति चलाएको भन्दै प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । जसमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको बा २ झ १९४८ नम्बरको स्कारपियो,यातायात व्यवस्था कार्यालय बुटवलको लुम्बिनी ए.ए.ए. ८६९३ नम्बरको मोटरसाइकल र नौमुरे आयोजनाको बागमति प्रदेश ०२००१ ब ४५४२ नम्बरको मोटरसाइकलले सवारी पास नलिईकन चलाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको मञ्चका महासचिव ओमप्रकाश गुप्ताले जानकारी दिए ।

त्यस्तै भालुवाङ पुल्चोक बजारको नेपालगञ्ज सडक खण्डको छेउमा पार्किङ्ग गरिरहेको लु १ झ ४९४ नम्बरको कार र आर्को लुम्बिनी बीएए १२६३ नम्बरको कारले प्रहरीलाई कागजपत्र नदेखाई प्रहरी र पत्रकारको आँखा छलेर भागेका थिए । यस्तै एउटा मोटरसाइकल र एउटा कारले सडकमा पत्रकार र प्रहरीले देखेपछि कागजपत्र नदेखाई भागेका थिए । प्रहरीले नियन्त्रणमा लिएका तीन वटा सरकारी गाडीलाई १ घण्टा आफ्नो नियन्त्रणमा लिई ती सवारीका चालक र सवार व्यक्तिहरुलाई एक पटकलाई सम्झाई बुझाई गरी छोडिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिए ।

मञ्चको गत बैशाख २१ गते सम्पन्न पूर्ण बैठकले राजधानी क्षेत्रमा हुने सरकारी गाडीको दुरुपयोग रोक्न प्रहरीसंगको सहकार्यमा एक्सनमा उत्रिने निर्णय गरेको थियो । सो अनुरुप मञ्चले शनिबारबाट सडक एक्सन शुरु गरेको मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीले जानकारी दिए । राजधानी क्षेत्रमा सार्वजनिक बिदाको दिन सरकारी गाडीको चरम दुरुपयोग बढेको भन्ने व्यापक जनगुनासो बढेपछि हामीले बैठकबाट निर्णय गरी प्रशासनसंगको समन्वयमा सडक एक्सन शुरु गरेको बताए । उनले अब सार्वजनिक बिदाको दिन ठाउँ र समय फरक पारेर प्रहरीको सहयोगमा सरकारी गाडी दुरुपयोगलाई छड्के रिपोर्टिङ गर्ने समेत बताए ।

मञ्चले बिहान ७ बजेदेखि १० बजेसम्म भालुवाङ पुल्चोक बजारमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको सहयोगमा सरकारी गाडीको निगरानी गरेको थियो । सो अवसरमा बोल्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक ऐरीले बिदाको समयमा गाडी चलाउन परे सम्बन्धित निकायसँग अनुमति लिएर मात्र गाडी चलाउन सुझाव दिएका छन् । बिना काम कसैले पनि सरकारी गाडी चलाउँछ भने कानुन अनुसार कारवाही हुने प्रहरी निरीक्षक ऐरीले बताए ।

सडक रिपोर्टिङ कार्यक्रममा मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारी,अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रमुख शेरबहादुर थापा,मञ्चका सल्लारकार जमिर शाह,बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता,उपाध्यक्ष बलराम शाही (भिसुन), महासचिव ओमप्रकाश गुप्ता,सचिव देवेन्द्रराज कडेल (श्रीधर),सदस्यहरु बिदुर एमसी, मुक्तिराम पौडेल,लालमणि भुसाल,मोतीराम भट्टराई र सन्तोष थापा लगायतको उपस्थिती रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]