Sidha Patra शनिबार, बैशाख २७, २०८२

दाङ । देउखुरीको लमहीमा लागुऔषध ब्राउनसुगर सहित एकजना महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपलिका वडा नम्बर १४,हेलोटावर टोल बस्ने वर्ष २० कि अनिता बिक रहेकि छिन् । शनिबार आज बिहान अन्दाजी ३:२० बजेको समयमा लमही नगरपालिका वडा नम्बर ४ स्थित महेन्द्र राजमार्ग अन्तरगत सुन खोलीबाट बिक पक्राउ परेकी हुन् ।

बिकलाई खानतलासी गर्दा निजले बोकेको लेडिज हेण्ड ब्याग भित्र लुकाई राखेको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो रंगको धुलो पदार्थ २४० मिलिग्राम सहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिए ।

त्यस्तै उक्त स्थानमा लागूऔषध कारोबार हुन सक्ने भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटेको प्रहरी टोलीले संकास्पद रुपमा उभिरहेकी बिकलाई पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए । यस्तै बिकलाई अहिले नियन्त्रणमा ल्याई थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]