राप्तीमा १३ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण कार्यक्रम सुरु

दाङ । राप्ती गाउँपालिकामा १३ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण कार्यक्रम सुरु गरिएको छ। राप्ती गाउँपालिका,रोटरी क्लब चन्द्रागिरी र रोटरी क्लब राप्तीको संयुक्त आयोजनामा तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान (केन्द्रीय कार्यालय ललितपुर,लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला शाखा) को प्राविधिक सहयोगमा साे कार्यक्रम सुरु गरिएको हो। कार्यक्रमअन्तर्गत पालिकाभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत […]

देउखुरी पब्लिक स्कुलमा तीज फोटो सुट प्रतियोगिता हुने,४ पालिकाका महिलाले भाग लिन पाउने

दाङ । देउखुरी पब्लिक सेकेन्डरी स्कुलले दोस्रो संस्करणको तीज फोटो सुट प्रतियोगिता आयोजना गर्ने भएको छ । स्कुलको अतिरिक्त क्रियाकलाप समितिले दोस्रो संस्करणका रुपमा तीज फोटो सुट प्रतियोगिता -२०८२ को आयोजना गर्न लागेको हो । स्कुलले आफ्नो स्कुलका साथ-साथै देउखुरी भित्रका सम्पूर्ण महिला अभिभावकहरु प्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउने गरी यस पटकको प्रतियोगितालाई समितिद्वारा थप […]

इन्चार्ज खड्का प्रति निवर्तमान उपाध्यक्ष वलीको असन्तुष्ट, राजपुरमा विपदको बजेट सेटिङ्ग

दाङ । नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्र राजपुर गाउँपालिकाका इन्चार्ज चक्रबहादुर खड्का (शिखर) प्रति उक्त पालिकाका पार्टी निवर्तमान उपाध्यक्ष भिम वलीले असन्तुष्टि व्यक्त गरेका छन् । वलीले आइतबार बेलुका आफ्नो फेसबुक वालबाट लामो स्टार्टस लेख्दै इन्चार्ज खड्काले पार्टी बिगारेको भन्दै आफू माथि लगाएको आरोप प्रति असन्तुष्टि व्यक्त गर्दै खण्डण गरेका हुन् । उनले सिधा-पत्र […]

देउखुरीमा स्रष्टा,सिर्जना,समीक्षा र एकल गजल वाचन कार्यक्रम सम्पन्न

दाङ । देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङको आयोजना तथा देउखुरी गजल अभियान दाङको सहकार्यमा एकल गजल वाचन एवम् स्रष्टा, सिर्जना र समीक्षा कार्यक्रम लमहीको रातोडाँडा स्थित देउखुरी साहित्य मञ्चको सभाकक्षमा शनिबार सम्पन्न भएको छ । साँस्कृतिक मञ्चका अध्यक्ष नीमबहादुर थापाको अध्यक्षता एवम् जनसाँस्कृतिक महासंघका केन्द्रीय सह संयोजक एवम् जनगायक नारायण योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम […]

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा बाबुको मृत्यु,छोरा घाइते

रुपन्देही । मोटरसाइकल दुर्घटना हुँदा बुबाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । सियारी गाउँपालिका वडा नम्बर –७,भर्थापुरमा ना ६ प ६६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ६० वर्षीय राममिलन धवलको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका धवलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मायादेवी गाउँपालिका–७,गर्गटीका बासिन्दा हुन् […]

लमही-घोराही सडक खण्ड चार दिनसम्मका लागि बन्द हुने

दाङ । लमही–घोराही जोडने सडकखण्ड यहीँ श्रावण २१ गते बिहान ७ बजे देखि श्रावण २४ गते बिहान ७ बजेसम्म जम्मा चार दिनका लागि बन्द गरिएको छ । उक्त सडक अन्तर्गत रहेको मसोट खोला पुलको आकस्मिक मर्मत कार्यका कारण चार दिनसम्म सवारी आवागमन बन्द गरिने निर्णय भएको हो । जिल्लाको प्रमुख सडक संजालमा पर्ने उक्त पुल […]

मशान्तीको निधनप्रति मगर महिला संघ भालुबाङद्वारा श्रद्धाञ्जली र आर्थिक सहयोग

दाङ । मगर महिला संघ भालुबाङकी सक्रिय सदस्य मशान्ती पुन मगरको निधनप्रति संघले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । संघको आन्तरिक कार्यविधि अनुसार,संघमा आवद्ध सदस्यका परिवारमा भएको दुःखद घटनामा समवेदना प्रकट गर्दै सहयोग प्रदान गर्ने परम्परा अनुरुप,दिवंगत सदस्य पुन मगरप्रति श्रद्धाञ्जली स्वरुप १६०००(सोह्र हजार ) हस्तान्तरण गरिएको हो। त्यस्तै […]

राप्ती उद्योग वाणिज्य संघद्वारा रोटरी क्लबका प्रतिनिधिहरुलाई सम्मान

दाङ । राप्ती उद्योग वाणिज्य संघ भालुबाङले शनिबार आज एक समारोहका बीच रोटरी क्लब राप्तीका प्रतिनिधिहरुलाई सम्मान गरेको छ । सम्मानित व्यक्तिहरु मध्ये क्लबका अध्यक्ष गोपाल आचार्य, वमन्त गिरी,मोहन आचार्य,वासुदेव न्यौपाने, विजुला केसी,दोर्ण प्रसाद आचार्य,दुर्गा बस्नेत र अन्जना पोख्रेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा राप्ती उद्योग वाणिज्य संघ भालुबाङका अध्यक्ष सुरज खड्का सहित संघका […]

लमहीमा तिज मिलन कार्यक्रम सम्पन्न,तिजको मौलिक्ता हराउँदै गएकोमा चिन्ता ब्यक्त

दाङ । आधुनिकता सँगै तिजको मौलिक्ता हराउँदै गएको प्रति कार्यक्रममा सहभागी हरुले चिन्ता ब्यक्त गरेका छन् । हरितालिका तिजका अबसरमा शुक्रबार देउखुरी उद्योग बाणिज्य संघ लमहीले आयोजना गरेको तिज मिलन कार्यक्रममा सहभागीहरुले मौलिकता बचाउँदै तिवपर्ब मनाउनु पर्ने बताएका छन् । कार्यक्रमलाई संबोधन गर्दै लमही नगरपालिका नगर उपप्रमुख लक्ष्मी योगीले तिजका गीतलाई फेसनका रुपमा लिन थालिएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]