
Ksb
jsb
Tgp
Ssb
Bsn
Nsb
Usb
Rsb
Ppu
Fmb
Ssb
Ksb
Ksb
Gsb
Rks
Csb

Gsb
Hl1
Ssb
Tsb
Usb

Nps
ptl
Rgu
रुपन्देही । मोटरसाइकल दुर्घटना हुँदा बुबाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
सियारी गाउँपालिका वडा नम्बर –७,भर्थापुरमा ना ६ प ६६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ६० वर्षीय राममिलन धवलको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका धवलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मायादेवी गाउँपालिका–७,गर्गटीका बासिन्दा हुन् ।
मोटरसाइकल चालक विनोद धवल गम्भीर घाइते छन् । घाइते विनोद मृतक राममिलनका छोरा हुन् । टाउको, हात र खुट्टामा चोट लागेका उनलाई भैरहवास्थित सिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको रुपन्देही प्रहरीका सूचना अधिकारी गणेश सापकोटाले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
