
Rgp1
pku
Unsku
Pbu
Gfs
sbs
Sgr
Pes
Lnp
Ggp
Djs
cjs
Srbpu
Rgp

Ssm
Bbbpu
Ggd
Rgs
Wsp
Rsb
Bbu
nsb
Hal
Asm
Sls
Pvg
Tsm
Rgu
Ksm
Rgu
Sbs
Gst
Vor

Jmb
Pls
Syp
Abd
Jmb
Rmb
sab
Bml
Mks
Ptm
Gsb
bbt
Rpp
रुपन्देही । मोटरसाइकल दुर्घटना हुँदा बुबाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
सियारी गाउँपालिका वडा नम्बर –७,भर्थापुरमा ना ६ प ६६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ६० वर्षीय राममिलन धवलको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका धवलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मायादेवी गाउँपालिका–७,गर्गटीका बासिन्दा हुन् ।
मोटरसाइकल चालक विनोद धवल गम्भीर घाइते छन् । घाइते विनोद मृतक राममिलनका छोरा हुन् । टाउको, हात र खुट्टामा चोट लागेका उनलाई भैरहवास्थित सिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको रुपन्देही प्रहरीका सूचना अधिकारी गणेश सापकोटाले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
