
Unsku
Gst
Sebsg
Gmssl
gst
Gipsg
Gipsg
Pbu
Gsg

Vor
Sls
Ssm
Pvg
Tsm
Rgu
Rsb
Bbbpu
Ggd
Bbu
Ksm
Sbs
Rgu
Asm
Rgs
nsb
Gst
Wsp
Hal

Gsb
Bml
bbt
Ptm
Pls
Jmb
sab
Rmb
Abd
Mks
Rpp
Jmb
Syp
दाङ । मगर महिला संघ भालुबाङकी सक्रिय सदस्य मशान्ती पुन मगरको निधनप्रति संघले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
संघको आन्तरिक कार्यविधि अनुसार,संघमा आवद्ध सदस्यका परिवारमा भएको दुःखद घटनामा समवेदना प्रकट गर्दै सहयोग प्रदान गर्ने परम्परा अनुरुप,दिवंगत सदस्य पुन मगरप्रति श्रद्धाञ्जली स्वरुप १६०००(सोह्र हजार ) हस्तान्तरण गरिएको हो।
त्यस्तै संस्थाका नियमअनुसार सदस्यको श्रीमान् वा श्रीमतीको निधन भएमा संस्थाबाट १०,००० प्रदान गरिने, संस्थासँग आवद्ध सदस्यकै घरमा मृत्यु भएमा सदस्यहरुमध्ये प्रत्येकले २०० संकलन गर्ने,सदस्यका छोराको विवाहमा ५००,छोरीको विवाहमा १००० संकलन गरिने व्यवस्था रहेको छ । उक्त आधारमा संकलित रकम मृतकका परिवारजनलाई आज एक सादगीपूर्ण कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा मगर महिला संघ भालुबाङका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो। सहभागीहरुले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।
संघका अध्यक्ष बिसपुरा घर्ती मगरले यो कार्यक्रम महिला समुदायबीचको सहकार्य,सहयोग र आत्मीयताको प्रतीक भएको बताउँदै यस्ता सहानुभूतिपूर्ण कार्यक्रमले समुदायमा एकता र माया झनै मजबुत हुने विश्वास व्यक्त गरिन् । साथै यो संस्था महिला,अशक्त,अपांग,दीर्घरोगी,प्राणघातक रोगीहरुको निम्ति सहयोग गर्दै आएको पनि बताइन् ।
