
Rgp
Srbpu
pku
Gfs
Sgr
Pbu
Unsku
Ggp
cjs
Rgp1
sbs
Lnp
Djs
Pes

Asm
Hal
nsb
Bbu
Pvg
Gst
Rsb
Tsm
Bbbpu
Rgu
Ggd
Ksm
Rgs
Vor
Sls
Rgu
Ssm
Sbs
Wsp

Pls
bbt
Ptm
Rmb
Mks
Jmb
Rpp
Bml
Jmb
Gsb
sab
Syp
Abd
दाङ । नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्र राजपुर गाउँपालिकाका इन्चार्ज चक्रबहादुर खड्का (शिखर) प्रति उक्त पालिकाका पार्टी निवर्तमान उपाध्यक्ष भिम वलीले असन्तुष्टि व्यक्त गरेका छन् ।
वलीले आइतबार बेलुका आफ्नो फेसबुक वालबाट लामो स्टार्टस लेख्दै इन्चार्ज खड्काले पार्टी बिगारेको भन्दै आफू माथि लगाएको आरोप प्रति असन्तुष्टि व्यक्त गर्दै खण्डण गरेका हुन् ।
उनले सिधा-पत्र डटकमसंगको कुराकानीमा आफुले पार्टीको लागि जति कटिबद्ध भएर काम गरेपनि पार्टी इन्चार्ज खड्का (शिखर)ले सधै आफुलाई गलत दृष्टिकोणले हेरेको बताए । आफू संकटकालदेखि पार्टी प्रति बफादार एउटा सिपाही भएर निरन्तर लागेको भएपनि अहिले आएर पार्टीनै बिगारेको आरोप लागेपछि आफू बाध्य भएर यो निर्णय लिन पुगेको निवर्तमान उपाध्यक्ष वलीले बताए ।
त्यस्तै उनले माओवादी र काङ्ग्रेस मिलेर चलेको राजपुर गाउँपालिकामा विपदको वर्षेणी हुने कार्यक्रमहरु प्रत्येक वर्ष विपदकै नाममा छुटाइने बजेटलाई कुनैपनि टेन्डर नगराई व्यक्तिलाई सेटिङ्ग मार्फत उनिहरुलेनै आफू खुशी बजेट चलाउने र त्यसको कुनै सामाजिक लेखापरीक्षण नहुने तथा खरिद प्रक्रिया समेत नपुर्याई डाइरेक व्यवसायीहरुलाई दिने गरेको बताए ।
पार्टी निवर्तमान उपाध्यक्ष वलीको स्टार्टस:
तपाईंको कारण पार्टी बिग्रियो
रे-?कामरेड #शिखर हिजो पार्टीको अध्यक्ष हुँदै आज तपाई पार्टीको राजपुर इन्चार्ज हुनुहुन्छ। त-कारण म कसरी भए पार्टी बिगार्नेमा हजुर नै होईन ? विं.सं. २०७४ सम्म राजपुर बासी भएर राजपुरमा भोट समेत हाल्ल नआउने मान्छेले चुनाव हारेको रिस भिम ओलीलाई पोखेर हुदैन। अनि पुर्वपार्टी अध्यक्ष जि हजुर त झन विं.सं.२०७४देखि राजपुर सरकार र दलको नेता हजूर हो। अनि पार्टीको अध्यक्ष पनि हो। जवाफ तपाईं दिनुस २०७४को पार्टीको मत कहाँ गयो ? सरकारले गतिलो गरेन कि के भयो ? सत्ता लोभ-लालचमा फसेर जनताको मुद्दा ओझेलमा परेर पो हो कि राजपुरमा पार्टी सत्ता कमजोर हुँदै गएको ? अनि मत घटे पार्टी र सत्ताले गतिलो गर्न सकेन भनेर,प्रश्न गर्ने ब्यक्ति म कसरी पार्टी बिरोधि भए? प्रश्न गर्ने छूट हामीलाइ छ भने तपाई सत्ताको,दलको नेता हुदाँ पार्टीका आडमा पार्टी र सत्ताको सयुक्त भएका आन्दोलनहरूका लिखित सहमतिको लागि तपाईंले कहिले पार्टी कमिटिमा कहिले जानकारि दिनुभयो त? पार्टीको आडमा आन्दोलन सिर्जना गर्नुभयो। के लाभका भरमा ती आन्दोलनहरूको औचित्य नहुनेगरी सत्ता सञ्चालन भएको छ? तपाई लगायत हाम्रा सम्पूर्ण सत्ताका साथिहरूले कहिले पनि हाम्रो मुद्दामा बोलेको बहस गरेको र त्यो विषय जनतामा लागेको कहिँ कतै सुनिएन भोट हालेका जनताको पक्षमा बोलेको बहस गरेको या योजना छनोट गरेको कही कतै देखिएन ।
समग्र सत्ता र दलको नेता तपाई भएपछि हामीले जितेका सम्पूर्ण जनप्रतिनिधिहरूको नैतिक रूपमा जिम्मेवारी तपाईले नै लिनु पर्छ । जनताले पाऊने सामान्य खरमुक्त छानोको पैसा पहिलो चौमासिकमा दिनुपर्ने रकम जनप्रतिनिधि हरुको तलव,भत्तामा बाढेर त्यो भुक्तानीलाइ अषाढ मसान्तसम्म पुगाऊनु पनि एक खालको गैरजिम्मेवारी पूर्ण निर्णय नै हो।राजपुर गाउँपालिकाले गरेका बनाएका कार्यविधि अनुसार रजपुरमा कुनैपनि कामहरु भएनन्।जस्तै तपाइलेहरूले गरेका निर्णयहरु, नियूक्तिहरु जस्तै करारमा हुन या दरबन्दी मिलानका हुन या अन्य कुनै ०७४देखि आज सम्म हेर्दा जनप्रतिनिधि हरूका घरपरिवार देखि नजिका बाहेक सामान्य नागरिक दक्ष बेक्तिको त्याहा पहुच कहिले र कहाँ पुग्यो त-?विगतमा राजपुरमै नवस्नेहरुका नाममा आएका भुमका सिफारिसहरु देखि आजका बजेड बिनियोजनका सेरीफेरीबाट सबै छर्लङ्ग छ त-?अनी म पार्टी शुधारको लागि निरन्तर दसकौ देखि खबरदारी गर्ने र पार्टी र सत्ताले जनतासङ्ग गरेका प्रतिबद्दहरुलाइ इमानदारी पुर्वक लागू र पालना गर्नुपर्छ भन्ने म कहिले पार्टी बिरोधि भए ? कसरी पार्टी बिपारित भयो??प्रश्न गर्न छुट छ कि छैन-?
